Comments Add Comment

१४ बर्षका गायकको गीतमा प्रेमका कुरा (भिडियो)

aman
१४ बर्षका गायक अमन प्रधानले तेश्रो एल्बम ‘रक द वल्र्ड’ बजारमा ल्याएका छन् । उनले एल्बममा समावेश ‘तिमी मानन’ बोलको गीतको भिडियोमा आफै अभिनय पनि गरेका छन् । उनलाई भिडियोमा इसाना थापाले साथ दिएकी छिन् ।

हालै मात्र सार्वजनिक गरिएको भिडियोमा आफ्नी सुन्दर प्रेमिकालाई उनले ‘बेबी’ भन्दै सम्बोधन गरेका छन् । बुबा संगीतकार तथा एरेन्जर राहुल प्रधानले उनलाई सानैबाट संगीतको विश्वविद्यालयमा प्रवेश गराएका थिए । धिरज अधिकारीले निर्देशन गरेको भिडियोमा अमनले ‘आइ लभ यू’ भनेपछि मात्र प्रेमिकाले प्रेम स्विकार गरेको देखाइएको छ ।

सानैबाट संगीतमा लागेका अमन इमेज म्यूजिक अवार्ड पनि जितिसकेका छन् । नेपालका चर्चित गीतकारहरुको गीतमा आवाज दिइसकेका अमनले बाबुले सिकाएको संगीतको बाटोलाई निरन्तर अगाडि बढाउने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment