Comments Add Comment

वायु सेवा निगमका कामु निर्देशकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

२३ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका कामु निर्देशक अच्युतराज पहाडीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

पहाडीले विमानको टायर खरिदमा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । मौज्या टायर हुँदाहुँदै बजार मूल्यभन्दा दोब्बरमा अनावश्यक टायर खरिद गरी २० लाख २ हजारबढी भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख छ ।

खरिद प्रक्रिया समेत पूरा नगरी ७८० डलर पर्ने मेन टायर १ हजार ४७५ मा तथा ५७५ डलर पर्ने नोज टायर १ हजार १० डलरमा खरिद गरेको पाइएको अख्तियारले जनाएको छ । खरिद गरेका टायरहरु निगमको आफ्नै उडानबाट ढुवानी नगरी कमिसन आएर भ्रष्टाचार गरेको उसले बताएको छ ।

अख्तियारले २८ हजार अमेरिकी डलर अर्थात २० लाख २ हजार २१६ रुपैया बगो कायम गरी भ्रष्टाचार निबारण ऐनको दफा १७ बमोजिम बिगो असुल उपर गरी दफा ३ ९१० तथा ३ ९१० ९च० बमोजिम हदैसम्मको सजाय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment