Comments Add Comment

गायिका बनिन् प्रियंका कार्की, सोलो एल्वम ल्याउँदै

priyanka-karki
सिनेमाको पर्दामा अभिनय गरेर आम दर्शकलाई प्रभावित पारेकी अभिनेत्री पि्रयंका कार्की सुरिलो स्वरले स्रोतालाई मोहित पार्ने अभियानमा छिन् । केही समयपछि सोलो एल्बम लिएर आउँदैछिन् नायिका प्रियंका ।

सानैदेखि गाउने रहर पालेकी प्रियंकाले केही समय गायन र संगीतको प्रशिक्षणसमेत लिएकी थिइन् । म्युजिक भिडियो र चलचित्रमा सक्रिय हुँदै गएपछि संगीत शिक्षालाई निरन्तरता दिन सकिनन् ।

‘संगीतका विषयमा केही अध्ययन गर्ने रहर थियो तर, समय मिलेन ।’ अनलाइनखबरसँग कुरा गर्दै प्रियंकाले भनिन् ‘अब एल्बम निकालेर एउटा सपना पूरा गर्छु ।’
आठवटा गीत राखेर सोलो एल्बम निकाल्ने तयारीमा रहेकी प्रियंकाको एल्बममा शैलेस श्रेष्ठको शब्द र शैलेन्द्र सिंहको संगीत रहने भएको छ भने प्रायः गीत आधुनिक पप शैलिका छन् । आधुनिक पप शैलिका गीतप्रति स्रोताको आकर्षण बढेको बताउने पि्रयंकाले स्रोताले चाहे जस्तो गीत ल्याउने दाबी गरिन् ।

चलचित्र आबरणको शीर्ष गीतमा स्वर दिएपछि उनको स्वरको चर्चा सुरु भएको थियो । आबरणको गीत सुन्नेहरु मध्ये उनलाई धेरैले भनेछन् ‘तिम्रो स्वर राम्रो छ, गीत पनि गाउँ ।’ प्रियंका भन्छिन ‘साथीभाइले त्यसरि प्रेरणा दिएपछि मलाई गाउन मन लाग्यो । अनि एल्बमको तयारी गरें ।’

एल्बमका लागि कन्सेप्ट तयार भइसके पनि नाम भने अझै जुरेको छैन । गीत रेकडिङ सकिदासम्म एल्बमको डिजाइन र नाम पनि तयार हुने बताइन् ।

कोरियोग्राफर पनि
दर्जन बढी चलचित्रमा काम गरेकी प्रियंकाले अभिनय गरेको मध्ये श्री ५ अम्बरे र सुन्तली प्रदर्शनको तयारीमा छन् । तर, प्रियंकाको अर्को पहिचान पनि छ- कोरियाग्राफरको । ‘मेरो वेष्ट फ्रेन्ड’, ‘पुन्टे परेड’ र ‘मिसन पैसा रिलोडेड’मा कोरियोग्राफी गरेकी पि्रयंकाले अन्य केही गीतको पनि कोरियोग्राफी गरेकी छिन् ।

अभिनयसँग सम्बन्धित अन्य विधामा पनि जानकारी राख्नुपर्छ भन्ने मान्यता राख्ने प्रियंका आगामी दिनमा अभिनयको अतिरिक्त कोरियोग्राफीमा पनि सक्रिय हुने योजनामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment