+
+
Shares

फेसबुक मेसेन्जरका प्रयोगकर्ता आधा अर्ब पुगे

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २५ गते १७:४४

facebook messengerसोसल नटवर्किङ साइट फेसबुकका मेसेजिङ सेवा फेसबुक मेसेन्जरका प्रयोगकर्ताको संख्या ५० करोड पुगेको छ ।

यो वर्षको अप्रिलमा २० करोड प्रयोगकर्ताको रहेको फेसबुकको पृथक मेसेन्जर एपका प्रयोगकर्ताको संख्यामा पछिल्लो ७ महिनामा दोब्बरले वृद्धि भएको फेसबुकले जनाएको छ ।

आफ्नो फेसबुक साथीलाई निजि सन्देश पठाउने प्रयोजनका लागि फेसबुकका प्रयोगकर्तालाई मेसेन्जर एप डाउनलोड गर्न बाध्य बनाउने फेसबुकको कदमको कडा आलोचना भएको भएको थियो । यो एप सन् २०११ मा सुरु गरिएको थियो ।

गएको अप्रिलमा फेसबुकले आफ्ना प्रयोगकर्तालाई फेसबुकमार्फत भिडियो पठाउन, निशुल्क कल गर्न तथा साथीहरुसँग च्याट गर्न छुट्टै एप डाउनलोड गर्न सुझाव दिएको थियो ।

तर फेसबुकको यस्तो आग्रहको व्यापक आलोचना भएको थियो । सन्देश पठाउनकै लागि फेसबुकको वेबसाइटबाट बाहिरिएर अर्कै सेवाको प्रयोग गर्नुपर्ने फेसबुकको धारणा सही नभएको आलोचकहरुले बताएका थिए ।

फेसबुकको प्रंडक्ट म्यानेटमेन्ज निर्देशक पिटर मार्टिनाजीले बिहिबार एक ब्लगमार्फत आफुहरुले धैर्यतापूर्वक फेसबुक प्रयोगकर्तालाई छिटो तथा संचारको वृहत अभिव्यक्तिको माध्यम उपलब्ध गराएको बताएका छन् ।

मेसेन्जर एपको मुख्य उद्धेश्य मेसेजिङ नै रहेको भन्दै उनले यो एपको स्पिड तथा विश्वसनीयतामा निरन्तर सुधार गरिएको उनको दाबी छ ।

फेसबुकका मुख्य कार्यकारी अधिकृत मार्क जुकरवर्गले फेसबुक प्रयोगकर्ताका लागि छुट्टै मेसेन्जर एप डाउनलोड गर्ने काम अल्पकालीन दुखको कुरा रहेको भएपनि यसले प्रयोगकर्तालाई तिब्र तथा बढि केन्दि्रकृत अनुभव प्रदान गर्न फेसबुकलाई सहयोग गर्ने बताएका थिए ।

स्मरण रहोस् फेसबुकले अघिल्लो महिना नै २२ अर्ब डलर मूल्यमा मोबाइल मेसेजिङ एप वाट्सएप खरीद गर्ने सम्झौता गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?