काठमाण्डौ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ट्वीटरमा सवैभन्दा धेरै फलो गरिने नेपाली बनेका छन् ।
डा. भट्टराईका ट्वीटर फलोअर १ लाख पुगेका छन् । बुधबार अपराहृन यो समाचार तयार पार्दा भट्टराईका फलोअर १ लाख एक हजार ५६ छन् ।

जनवरी २०१३ मा ट्वीटरमा जोडिएका भट्टराईले अहिलेसम्म ९ सय ट्वीट गरेका छन् । यति छोटो अबधिमा ट्वीटरमा लोकपि्रय हुने उनी पहिलो नेपाली हुन् ।
नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङका १ लाख ६५ हजार फ्यान छन् । सन् २००९ मा ट्वीटर ज्वाइन गरेका प्रबलका बिश्वभर फ्यान छन् ।
भट्टराईले आफ्ना सन्देश जनतामाझ लैजान र जनतासँग जोडिन ट्वीटर प्रयोग गर्ने गरेका छन् । उनका करिव ९ सय ट्वीटमध्ये अधिकांश राजनीतिक विषयमा छन् । नेपाली खेलाडीलाई शुभकामना दिन र बिभिन्न चाडपर्वका अबसरमा शुभकामना दिन पनि उनले ट्वीटर प्रयोग गरेका छन् ।
‘मेरा सबै एक लाख फलोअरलाई धन्यवाद’भट्टराईले ट्वीट गर्दै भनेका छन-‘ सामाजिक संजाललाई स्वस्थ सम्वादको साधन बनाउने संकल्प सवैले गरौं ।’ भट्टराईले आफ्ना बिचार नयाँपुस्ताका नेपालीमाझ पुर्याउन र स्वस्थ बहस गर्न सामाजिक संजालको प्रयोग गरिरहेका छन् । फेसबुकमा भट्टराईका फ्यान ७ लाख पुगेका छन् ।
ट्वीटरमा नेपाली कांग्रेसका सभासद गगन थापाको ७१६३६ फलोअर छन् । पत्रकार रविन्द्र मिश्रको ६६९६२ फलोअर छन् । अर्का पत्रकार नारायण श्रेष्ठको ६०१२२ फलोअर छन् ।