+
+

एनसेलमा अनलाइनखबर डटकम अब निःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २६ गते १८:३६

Onlinekhabar-Ncell-Free

काठमाण्डौ । देशकै नम्बर एक न्यूज पोर्टल अनलाइनखबर डटकम अब नेपालका एनसेल प्रयोगकर्ताले निःशुल्क ब्राउज गर्न पाउने छन् ।

एनसेलले बुधबारदेखि सुरु गरेको न्यूजप्याक स्किम अर्न्तगत एनसेल इन्टरनेट प्रयोगकर्ताले सून्य ब्यालेन्समा पनि अनलाइनखबर डटकमकम खोलेर देश बिदेशका ताजा सामाचारसँग जोडिन सक्नेछन् ।

यसअघि एनसेलले विकिपेडिया र सामाजिक संजाल ट्वीटर प्रयोग गर्दा पनि पैसा नलाग्ने बनाइसकेको छ ।

आफ्ना ग्राहकलाई सूचना तथा समसामयिक विषयको ज्ञानमा सहज पहुाच पुर्‍याउने प्रतिबद्धता अन्तर्गत विभिन्न अफर ल्याउने क्रममा एनसेलले न्युज प्याक ल्याएको एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले बताइन् ।

‘निःशुल्क विकिपिडिया पश्चात आएको यो अफरले हाम्रा ग्राहकलाई नेपाल तथा विश्वका ताजा खवर तथा समसामयिक विषयबारे जानकारीमा सहज पहुँच पुर्‍याइ उनीहरुलाई सुसूचित रहन योगदान पुर्‍याउने छ’ कोइरालाले भनिन् ।

कात्तिक २६ गतेबाट सुरु भएको न्यूजप्याकको अबधि तीन महिनासम्म रहने छ ।

कसरी एक्टिभेट गर्ने न्यूज प्याक ?

एनसेल इन्टरनेट प्रयोगकर्ताले न्यूज प्याक एक्टिभेट गरेपछि मात्रै अनलाइनखबर निःशुल्क ब्राउज गर्न सक्नेछन् । त्यसका लागि एनसेलका ग्राहकले www.ncellsansar.com.np मा गई त्यहाँ रहेको न्युज प्याकको आइकनमा क्लिक गरेर सहजै न्युज प्याक सुचारु गर्न सक्नेछन् ।

प्याक एक्टिभेट नगरी अनलाइनखबर ब्राउज गरेमा नियमित डाटा शुल्क लाग्नेछ । अनलाइनखबरमा रहेका बाहिरी लिङ्क, बिज्ञापन र भिडियो लिङ्क क्लिक गर्दा नियमित डाटा शुल्क लागू हुनेछ । पैसा लाग्ने लिंक क्लि गर्दा तपाईले यसबारे सूचना देख्न सक्नुहुन्छ ।

यदि तपाई शुल्क तिरेरै यस्ता लिंक खोल्न चाहनुहुन्छ भने ‘एसेप्ट’ बटन क्लिक गरी अघि बढ्न सक्नुहुन्छ । पैसा तिरेर हेर्न नचाहेमा ‘गो ब्याक’ बटन क्लिक गरी अनलाइनखबरमै फर्किन सकिने छ ।

प्याक अन्तर्गतको सुविधा प्रोक्सी ब्राउजर रहेका मोवाईल सेटमा लागू हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?