Comments Add Comment

फिल्म राम्रो बनाउँछन् तर, कमाउन सक्दैनन् नीर शाह

Nir-sahah-Return homeकामाडौं । अष्ट्रेलियामा बस्ने धेरै नेपालीहरुले नेपाली फिल्म ‘सेतोबाघ’ हेरेर मनोरञ्जन लिए । फिल्म हेर्ने अधिकांश नेपालीभाषीको दर्शकको भनाइ थियो ‘नेपालमा पनि यत्तिको राम्रो फिल्म बन्न थालेछ ।’
फिल्मले मनोरञ्जनको साथै शिक्षा समेत दिएको धेरैको भनाइ थियो भने कतिपयले टिप्पणी गरे-‘सेतोबाघ हेरेपछि नेपालको इतिहासवारे जानकारी भयो ।’
सेतोबाघ मात्रै हैन, शाहका धेरै फिल्मले यस्तै प्रसंसा पाउँछन पि्रमियर शोहरुमा । यसअघि चलचित्र ‘मसान’ बनाएका शाहको यही मात्रामा तारिफ भएको थियो । गोपालप्रसाद रिमालको नाटक मसानमाथि फिल्म बनाएर शाहले नेपाली नाटकको स्तरबृद्धि गरेको समेत जस पाए । तर, जब मसान हलमा लाग्यो एकदिन पनि गतिलो ब्यापार गरेन ।
यो नियम केबल मसानमा मात्रै लागू भएको छैन । त्यस अघि बनेको अर्को फिल्म बसन्तीको पनि त्यहि हालत भएको थियो । फिल्म हेर्नेहरुले तारिफ गरेपनि फिल्म हेर्नेहरुको उपस्थिती भने सिनेमा हलमा न्युन थियो ।
गम्भिर विषयका दर्शक छैनन
इतिहास र समाजका विषयमा गम्भिर चासो राख्नेहरु बढेपनि त्यस विषयमा बनेका फिल्म हेर्नेहरु थोरै रहेको निर्देशक शाह स्वीकार्छन् । उनको भनाइ अनुसार जो मान्छे गम्भिर विषयमा चासो राख्छन् उनीहरु सिनेमा हलमा जाँदैनन्, जसले चासै राख्दैन तिनलाइ गम्भिर विषयले छुँदैन ।
त्यसो भन्दैमा सधै सस्तो प्रेम कथामा फिल्म बनाएर बस्नु सर्जकको दायित्व होइन भन्ने लाग्छ उनलाई ‘चल्दैन भनेर सधै एउटै विषयमा फिल्म बनाएर हुन्न, बनाउदै गएपछि एकदिन अवश्य सफलता पाउछ ।’ निर्देशक शाहले भने ।
अष्ट्रेलियाका दर्शकको प्रतिक्रियावाट आफु उत्साहित भएको भन्दै शाहले सेतोबाघ नेपालमा बस्नेलाई पनि मन पर्ने दाबी गरे । ‘पहिलेका फिल्मले के गर्‍यो त्यो कुरा छाडौं, यो फिल्मचाँहि सबैलाइ मन पर्छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment