
काठमाडौं । किङ्ग्स इलाभेन पञ्जाबले जयपुरमा अहिलेसम्म राजस्थानलाई हराएको थिएन । तर, टसमा आर अस्वीनले आफ्नो टिम विगतको बोझ बोकेर हिँड्दैन भन्ने देखाएका छन् ।
क्रिस गेलले ४७ बलमा बनाएको ७९ रनको मदतमा पञ्जाबले राजस्थानलाई १४ रनले हराएको छ ।
पञ्जाबले दिएको १८५ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । उसका जोश बट्लरले ६९ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।
यसअघि पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो । उसका लागि गेलले ७९ रन बनाए भने सर्फराज खानले नटआउट ४६ रनको पारी खेले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4