Comments Add Comment

रियाको हट जवानीमा ‘अम्बरे’ मस्त(भिडियो)

priyanka-karki
प्रदर्शन मिति नजिकिदै जाँदा चलचित्र ‘श्री ५ अम्बरे’को चर्चा पनि चुलिदै गएको छ । मंसिर ५ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रका गीतसंगीतले पनि श्रोता तथा दर्शकको मन जितिरहेका छन् । दीपा बस्नेत निर्देशित यो चलचित्रले समाजका एक व्यक्तिको राजा बन्ने कथा भन्छ ।

चलचित्रमा सौगात मल्ल र केकी अधिकारी मुख्य भूमिकामा छन् । यसैबिच, आइटम गीतले समेत दर्शक तान्ने भएकाले ‘श्री ५ अम्बरे’ यूनिटले यस्तै एक हट गीत सार्वजनिक गरेको छ । ‘नाच्ने नचाउने’ बोलको गीतमा रिया श्रेष्ठले आइटम नृत्य गरेकी छिन् ।

चलचित्रमा नायिकाको रुपमा सफल हुन नसकेपछि रियाले आइटम गीतलाई चर्चाको माध्यम ठानेको हुनसक्छ । दीपक आचार्य र टिएन आचार्यको निर्माणमा तयार भएको चलचित्रलाई जीवनसाथी फिल्मस्ले प्रस्तुत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

फेरिएकी बर्षा

Advertisment