Comments Add Comment

बलिउडमा २ सय करोड क्लब जम्दै, साहरुख र आमिर अगाडि

srk-aamir-and-salman
बलिउडका सुपरस्टार साहरुख खान निर्मित तथा अभिनित चलचित्र ‘ह्याप्पी न्यू ईयर’ले बक्स अफिसमा २ सय करोडको आँकडा पार गरेको छ । फिल्म प्रदर्शनको तेश्रो हप्तामा यो आँकडा कायम भएको हो । मंगलबार ७५ लाखको व्यापार गर्दै यो फिल्म २ सय करोड क्लबमा प्रवेश गरेको हो ।

साहरुख खानकै निर्माणमा बनेको फिल्म ‘चेन्नई एक्सप्रेस’ले गत बर्ष २२६ करोड कमाएको थियो । भारतको बक्स अफिसमा लगातार दोश्रो पटक २ सय करोड कमाउने साहरुख दोश्रा नायक बनेका छन् । यसअघि आमिर खानको ‘थि्र इडियट्स’ र ‘धुम ३’ ले २ सय करोडको आँकडा पार गरेका  थिए ।

पहिलो हप्ता १ सय ५७ करोड कमाएको यो फिल्मले बक्स अफिसमा आशातित व्यापार भने गर्न सकेन । यसअघि साहरुखले बनाएको २ सय २६ करोडको रेकर्डलाई ‘ह्याप्पी न्यू इयर’ले नतोड्ने पक्का भएको छ ।

यो फिल्मले ओरसिजमा ९० करोडको व्यापार गर्ने अनुमान गरिएको छ । ओभरसिज बक्स अफिसमा साहरुख राजा मानिन्छन् । फराहा खान निर्देशित ‘ह्याप्पी न्यू इयर’मा दीपिका पादुकोण, सोनु सुद, बोमन हिरानी, अभिषेक बच्चन लगायतका कलाकारको अभिनय छ ।

शुक्रबारबाट विश्वभर यसराज ब्यानरको ‘किल दिल’ हलमा लाग्ने भएकाले पनि ‘ह्याप्पी न्यू इयर’को व्यापार अझै कमजोर बन्ने पक्का छ । यो फिल्मले चौथो हप्तासम्ममा २०५ करोड कमाउने अनुमान गरिन्छ ।

साहरुख र दीपिकाको जोडीले अभिनय गरेको दोश्रो फिल्मले २ सय करोडको आँकडा पार गरेको हो । बलिउडमा २ सय करोड नेट व्यापार गर्ने नायकको सूचीमा आमिर, साहरुख र सलमान मात्र छन् । सलमान खानको ‘किक’ले २ सय ३२ करोडको व्यापार गरेको थियो । ऋतिक रोशनको ‘क्रिस ३’ले २ सय ४० करोड कमाएको बताइएपनि यो आँकडा विवादित बनेको छ । निर्माणपक्षले यो कलेक्शन सार्वजनिक गरेपनि भारतीय मिडियाले  १ सय ९८ को हारहारीको व्यापार गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment