Comments Add Comment

साना किसान विकास बैंकको नाफा साढे ३ करोड

२७ कात्तिक काठमाडौं । साना किसान विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले २ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद व्याज आम्दानीमा भएको वृद्धि नै बैंकको नाफाको मूख्य स्रोत हो । गत वर्षको असोजको तुलनामा यो असोजमा बैंकको खुद व्याज आम्दानी ३१.१५ प्रतिशतले बढेर ७ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

एक वर्षको अवधिमा बैंकको खराब कर्जामा उल्लेख्य सुधार आएको छ । गत वर्षको असोजमा कूल कर्जाको ०.७५ प्रतिशत रहेको खराब कर्जा यो असोजमा ०.१७ प्रतिशत रहेको छ ।

बैंकको वाषिर्क औषत प्रतिसेयर आम्दानी ६१ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ ४ सय ८ रुपैयाँ ४० पैसा छ भने मुल्य आम्दानी अुनपात २२ रुपैयाँ २८ पैसा रहेको छ ।
बैंकले गत वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांस दिने घोषणा  गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment