Comments Add Comment

विश्वकै होचा चन्द्रबहादुर र अग्ला सुल्तानबीच यसरी भयो भेट (फोटो फिचरसहित)

Chandra-Bahadur-Dandi-with-sultan

विश्वकै अहिलेसम्मै होचा मानिसको रुपमा गिनिज बुकमा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगी र सबैभन्दा अग्ला मानिस टर्कीका सुल्तान कोसेनबीच पहिलो पटक भेट भएको छ ।

१ फिट अग्ला ७५ वर्षीय डाँगी र ८ फिट ३ इन्च अग्ला ३१ वर्षीय सुल्तानले एक आपसमा ऐतिहासिक भेट गर्दै हात मिलाएका हुन् । ‘गिनिज वर्ल्ड रेकर्डस् डे’को अवसरमा आयोजित कार्यक्रममा भाग लिन तथा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको ६० औँ वर्षगाँठका अवसरमा बेलायतको लण्डनस्थित  सेन्ट थोमस अस्पतालमा यी दुइबीच भेट भएको हो ।

चन्द्रबहादुर र सुल्तानबीच पहिलोपटक भेट भएसँगै यी दुइ किर्तिमानी पुरुषले अब एक अर्काबीच सम्पर्क बढाउने योजना पनि बनाएका छन् ।

सुल्तानले भनेका छन्-‘मलाई आशा छ अब हामी साँच्चीकै असल मित्र बनेका छौँ र सँगै धेरै चिज गर्छौँ ।’ साथै सुल्तानले अब आफुले चन्द्र बहादुरलाई टर्कीमा बोलाउने भन्दै आफ्नो निम्तो उनले स्विकार गर्ने आशा समेत व्यक्त गरेका छन् ।

Chandra-Bahadur-Dandi

चन्द्र बहादुरलाई भेट्न पाउँदा आफुलाई निकै खुसी तथा आश्चर्य लागेको उनले बताए ।

पेशाले खेतीकिसानी गर्ने सुल्तानले सन् २००९ मा विश्वको सबैभन्दा अग्लो जिवित मानिसको रुपमा गिनिज बुकमा नाम दर्ज गरेका हुन् । उनी अघि चीनका सी शु विश्वको सबैभन्दा अग्लो मानिसको रुपमा थिए ।

सुल्तान विश्वको सबैभन्दा ठूलो हत्केला भएका मानिस पनि हुन् । उनको नाडीदेखि माझीऔंलाको टुप्पोसम्मको लम्बाइ ११.२२ इन्च छ ।

जबकी चन्द्रबहादुर भने विश्वमा मानव इतिहासमा अहिलेसम्मकै सबैभन्दा होचा मानिस हुन् र उनको उचाइ साढे २१ इन्च मात्रै छ ।

सुल्तान भन्छन्-‘चन्द्र बहादुर होँचा छन् र म अग्लो छु तर हामी दुबैले जिन्दगीभर गरेको संघर्ष समान छ । जब मैले चन्द्रको आँखामा हेरेँ उनी असल मान्छे हुन् भन्ने लाग्यो ।’

चन्द्र बहादुरको खुसी पनि बेग्लै छ । ‘म नेपालको सानो ठाउँमा थुनिएको थिएँ । अहिले विश्वभर तथा सबैमाझ चिनिएको छु । विश्वका सबै मानिसले म सबैभन्दा होँचो मानिस हुँ भन्ने जानेका छन् । त्यसैले म निकै खुसी छु ।’

Chandra-Bahadur-Dandi-with-sultan-2

भ्रमण गर्नु आफ्नो जीवनभरको सपना भएको भन्दै उनले लण्डनमा आउन पाउँदा आफू गौरवान्वित भएको र सुल्तानसँगको आफ्नो भेट विशेष रहेको उनी बताउँछन् ।

‘विश्वमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा मलाई अति नै गर्व लाग्छ । मैले पाएको समर्थनका कारण म निकै खुसी छु’- चन्द्रबहादुर भन्छन् ।

Chandra-Bahadur-Dandi-with-sultan-3

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment