Comments Add Comment

‘अम्बरे राजा’ले गरे गद्दी आरोहण, केकीले दिइन् साथ

saugat and ke (3)
प्रचारको नयाँ तरिका अपनाउँदै चलचित्र ‘श्री ५ अम्बरे’ यूनिटले कलाकार सौगात मल्ललाई गद्दी आरोहण गराएको छ । श्रीपेच लगाउँदै सौगात पनि गद्दीमा बसेका थिए ।
यसलाई अन्यथा नलिई चलचित्र प्रचारको नयाँ तरिकाको रुपमा ग्रहण गरिदिन हुन निर्माण यूनिटले पत्रकार र दर्शकलाई आग्रह गरेको छ ।

चलचित्रमा राजा बनेका सौगातलाई केकी अधिकारीले साथ दिएकी छिन् । चलचित्रमा ‘काली’ पात्रको भूमिकामा देखिएकी केकीले पनि कार्यक्रममा सौगातलाई साथ दिइन् । उनले चलचित्रका लागि आफूहरुले निक्कै मिहिनेत गरेको भन्दै कथावस्तु राम्रो रहेको बताइन् ।

निर्मातामध्येका एक टीएन आचार्यले चलचित्र नगरीमा आफू सधै लागिरहने भन्दै नयाँ चलचित्र बनाउने सोच आएको खुलाए । दीपक आचार्यको समेत लगानी रहेको चलचित्रलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् । उनले, आफूले यसअघि बनाएको चलचित्र ‘अन्तराल’बाट धेरै कुरा सिक्दै ‘श्री ५ अम्बरे’लाई स्तरिय बनाउन कुनै कसर नछोडेको जानकारी दिइन् ।saugat and ke (2)

जीवनसाथी फिल्मस्को ब्यानरमा तयार भएको यो चलचित्र मंसिर ५ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रले समाजमा लुकेर रहेका पात्रहरुमा राजा बन्ने सपनालाई चित्रित गरेको छ । कार्यक्रममा डीसीएनका अध्यक्ष अशोक शर्मा, द्वन्द्व कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले शुभकामना दिएका थिए ।

यसैबिच, सौगात मल्लाई गद्दीमा राखेर चलचित्रको यूनिटले शहर परिक्रमा गराइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment