Comments Add Comment

अनमोलसँग हिरोइन नै हिरोइन(फोटो फिचरसहित)

anmoli-jerry-with-heroin
यतिबेला धेरैको मुखमा नेपाली चलचित्रको नयाँ स्टार अनमोल केसी भन्ने छ । यसैले अनमोलको चलचित्र हेर्न दर्शक मात्र होइन चलचित्र क्षेत्रका चर्चित हस्तीहरु पनि कौतुहलतामा नै देखिन्छन् ।

काठमाण्डौको जय नेपाल हलमा आज आयोजना भएको अनमोल केसी अभिनित चलचित्र ‘जेरी’को विशेष शोमा अधिकांश कलाकार देखिए । नायक भूवन केसीले छोराको चलचित्र हेर्न नायिका रेखा थापादेखि नायक आर्यन सिग्देलसम्मका चर्चित हस्तीहरुलाई निमन्त्रणा गरेका थिए । aaryana-ana-bhuwan

rekha-thapa

चलचित्र हेर्न नायिका रेखा थापा, नम्रता श्रेष्ठ, नन्दिता केसी, रिमा विश्वकर्मा, वेनिशा हमाल, मलिना जोशी, पूजा शर्मा पुगेका थिए । यस्तै, नायक जीवन लुइटेल, आर्यन सिग्देल पनि हलमा देखिए । नायक जीवन लुइटेल चलचित्र उत्कृष्ट बनेको भन्दै हेर्न मज्जा आएको बताए । jiwan-and-gauri

हेमराज वीसीले निर्देशन गरेको यो चलचित्रमा अनमोलको साथमा अना शर्मा, अमालिया शर्मा लगायतका कलाकारको अभिनय छ । चलचित्र हेरेका अधिकांश कलाकारदेखि पत्रकारले ‘जेरी’लाई उत्कृष्ट भनेका छन् । anmol-and-anna

चलचित्र हेर्नुअघि नायक अनमोल केसी कार्यक्रममा उपस्थित अधिकांश नायिकाको माँझ घेरिएका थिए । उनको लुक्स र अभिनयको अधिकांशले तारिफ गरे ।
साधारण कथालाई निर्देशकले उत्कृष्ट तबरले बुनेका छन् । मुस्ताङ, जोमसोम, पोखराका दृश्यलाई आकर्षक तबरले क्यामेरामा कैद गरिएको छ । १ घन्टा ५५ मिनेटको चलचित्र ‘जेरी’ले यूवापुस्तालाई हलमा सजिलैसँग वाध्न सफल भएको छ । anmol-and-rekha

तस्बिर : कविन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment