+
+
Shares

बिबाहको खबरले तनाबमा अनुष्का

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २९ गते ११:१६

anushka virat
मुम्बई । अभिनेत्री अनुष्का शर्मा आफ्नो विबाहको खबरले चिन्तत छिन् । अनुष्कालाई मगनी भएको खबर जताततै फैलेपछि दुखी भएकी अनुष्का अब सिधै प्रसंसकको सम्पर्कमा पुगेर सफाइ दिने योजनामा छिन । ‘अब त अत्ति भयो वास्तविकता के हो म आफैं कुरा गर्छु दर्शकसंग ।’ उनले भनिन् ।
केही दिन भयो, केही मिडियाले क्रिकेटर विराट कोहली र उनको हिमचिम बढेको समाचार सम्प्रेषण गरेका थिए । यस विषयमा धेरैनै गुनासो आउन थालेपछि अनुष्का सामाजिक सञ्जाल फेसबुकको भिडियो च्याटमा समेत उपस्थित हुन थालेकी छिन् ।
उनले प्रसशकहरुसंग भिडियो च्याटमा कुरा गर्दै भनेकी छिन् । ‘म अहिलेसम्म सिंगल छु, कसैसंग मेरो मगनी भएको छैन ।’ साथै उनले आफ्नो वारेमा झुटा हल्ला चलेको भन्दै मगनीका कुरा नपत्याउन आग्रह समेत गरिन् ।
सिनेमामा अझै केही गर्नु छ भन्ने अनुष्काले आफू आफ्नो कामवाट सन्तुष्ट भएको धारणा राखिन् । अहिले अमिर खानको साथ फिल्म ‘पिके’को प्रमोशनमा ब्यस्त रहेकी अनुष्काले मिडीयालाइ आग्रहको भाषामा भनेकी छिन् ‘अर्काको ब्यक्तिगत जीबनमा असर पार्ने समाचार सम्प्रेषण नगर्नु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?