+
+
Shares

सलमानको बिगबोसमा किम कदार्सिन पाहुना ?

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ३० गते ११:३९

Kim-Kardashian big bossमुम्बइ । सलमान खानले संचालन गरिरहेको आठौं संस्करणको ‘बिग बोस’ मा हलिउड अभिनेत्रीको आगमन हुने सम्भावना बढेको छ ।
विभिन्न भारतीय समाचार सस्थाहरुले जनाएअनुसार हलिउडकी रियालिटी टिभी स्टार किम कदार्सिन ‘बिग बोस’ को घरमा पाहुना बनेर आउने सम्भावना बलियो भएको छ ।
बिग बोसले आफ्नो पहिलो संस्करणमा पनि विदेशी पाहुनाको स्वागत गरिसकेको छ । पामेला एण्डरसन र जेड गुडीमध्ये एकको पनि आउने सम्भावान उत्तिकै रहेको भारतीय समाचारले उल्लेख गरेका छन् ।
समाचार एजेन्सीहरुले उल्लेख गरेअनुसार बिग बोसमा आउने सम्भावना सबै भन्दा धेरै किमकै छ । किमसँग कुरा समेत भइसकेको छ ।
तर, मात्रै बाकी छ ‘उनलाइ स्पेशल गेष्ट मात्रै बनाउने कि केही एपीसोडमा संगै लिएर जाने भन्नेमा निर्णय गर्न ।’
किमले भारत आउन रुची देखाएको भारतीय समाचार संस्थाले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?