+
+
Shares

हट किम सारी लगाएर ‘बीग बोस’मा देखिने

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २ गते ११:२१

Kim-Kardashian big boss
विश्व चर्चित रियालिटी स्टार किम  कार्दशियनको चर्चा सधै नै हुनेगर्दछ । विशेषगरि सधै नै हट अवतारमा मिडियामा देखिने भएकाले पनि किमको चर्चा हुने गरेको हो ।
तर, उनै किम बलिउड नायक सलमान खानले संचालन गरिरहेको चर्चित रियालिटी शो ‘बीग बोस’को घरमा जाने तयारी गर्दैछिन् । उनी नोभेम्बर २२ मा यो चर्चित शोमा सहभागी हुनेछिन् ।

तर, ‘बीग बोस’ संचालक सूत्रले किम कार्यक्रममा सारी लगाएर जाने बताएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । किमले ‘बीग बोस’को घरभित्र केही समय बिताउनेछिन् । किम एक परफ्यूमको लञ्च गर्न भारत आउन लागेकी हुन् ।

उनी सलमान खानकी बहिनी अर्पिताको बिहे भोजमा समेत सहभागी हुने बताइएको छ । नोभेम्बर २१ मा मुम्बइको एक होटलमा सलमानले बहिनीको बिहेको भोज आयोजना गर्दैछन् । अर्पिताको बिहे आज हैदराबाद हुँदैछ ।

नोट : नोभेम्बर २१ हुनुपर्नेमा ३१ भएको सच्चाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?