Comments Add Comment

आज बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस

३ मंसिर, काठमाडौं । बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी मनाइँदै छ । हरेक बर्षको १९ नोभेम्वरलाई बाल दुर्व्यवहार विरुद्धको दिसका रुपमा मनाउने गरिन्छ ।

नेपाल प्रहरीमा सन् २०१२/१३ मा परेका ७०१ उजूरीमध्ये ४९.६४ प्रतिशत घटना १८ वर्ष मुनिका बालबालिकालाई भएको थियो ।

childrens
त्यसैगरी सेभ दि चिल्ड्रेनले काठमाण्डौ उपत्यकामा गरेको  एक अध्ययनअनुसार ४५ प्रतिशत बालबालिकाहरु बालयौन दुर्व्यवहारमा परेको पाइएको छ ।

यस्तै चायल्ड रीच नेपालले गरेको अध्ययन अनुसार नेपालका २० हजार बालबालिका विभिन्न देशका यौन बजारमा यौनहिंसा सहन बाध्य भएका छन् ।

नेपालमा बालबालिकामाथि भइरहेका यौनजन्य हिंसा र दुर्व्यवहारबारे प्रष्ट कानुन र नियमको अभाव रहेको छ ।

मुलुकी ऐन १४ नं महलमा जबरजस्ती करणी र यौन हिंसाको बारेमा प्रावधानहरु राखेपनि यसले बालबालिकामाथि हुने यौन दुर्व्यवहार गर्ने व्यक्तिलाई दिइने दण्ड सजाय, दुर्व्यवहारमा परेका बालबालिकाहरुले पाउने क्षतिपूर्ति, बालमैत्री व्यवहार शिक्षा तथा स्वास्थ्यका बारेमा कुनै कुराहरु पनि राखिएको छैन ।

मुलुकी ऐनको दफा ११ ले यस्तो घटना भएको ३५ दिन भित्र नालिस दिनु पर्दछ भनेकाले पीडित बालबालिकाहरुलाई न्यायको पहुँचमा अवरोध उत्पन्न भएको छ ।

यस अभियानले आफ्ना बालबालिकाहरुलाई कसरी संरक्षण गर्ने भन्ने सूचना र सचेतना प्रदान गर्नुका साथै नीतिगत तहमा रहेका उच्चपदस्थ कर्मचारी, सभासद तथा कानुन निर्माताहरुलाई बालबालिकामाथि हुने यौनजन्य हिंसाका विरुद्ध बालमैत्री कानुन र द्रुत न्याय सम्पादनका लागि दवाव दिने अभियानका संयोजक युवराज घिमिरेले बताए ।

बालबालिकाको न्यायमा पहुँच पुर्‍याउने उद्देश्यका साथ जनचेतना र दवावमूलक अभियान स्वरुप कालो टोपीमा युवाहरुको अभियान आजबाट सञ्चालन गरिएको बालसरोकार पत्रकार संजालका जीवन भण्डारीले जानकारी दिए ।

अभियानका क्रममा युवाहरुले प्रत्येक शुक्रबार बिहान ९ बजे देखि १० बजे सम्म कालो टोपी र मैनबत्ती लिएर विभिन्न पर्चा र माग गरिएका पम्प्लेट सहित विभिन्न मुख्य सडकमा उभिने छन् ।

राष्ट्रव्यापी यस अभियानमा देशभरिबाट ज्ञापनपत्रहरु सरकारलाई बुझाइने उनले बताए ।

बाल बाल दुर्व्यवहार विरुद्धको दिवस लगत्तै अन्तराष्ट्रिय बालअधिकार दिवस पनि पर्ने गर्दछ । हरेक बर्षको नोभेम्वर २० तारिखका दिन संसारभरि वालअधिकार दिवस मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment