+
+
Shares

आमिर भन्छन्–‘सलमान र साहरुखले मलाई सुत्न दिएनन्’

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ३ गते १०:४०

salman-srk-and-aamir
बलिउडका दुई दुश्मन खान साहरुख र सलमानको प्याच अपको खबर अब नयाँ रहेन । सलमानकी बहिनी अर्पिताको बिहे अघिको ‘संगीत सेरोमोनिमा’ साहरुख वधाई दिन पुगेका थिए । ६ बर्षपछि सलमानको घर पुगेका साहरुखले उनीसँग अंगालो हाले र धेरै कुरा गरे । साहरुखको साथमा सलमान पनि धेरै नै भावूक बनेका थिए । अर्पिताको बिहे मंगलबार हैदरावादमा सम्पन्न भएको छ ।

तर, सलमान र साहरुखको मिलन हुँदा अर्का खान आमिर भने निदाउन पाएनन् । मुम्बई एयरपोर्टमा भारतीय संचारमाध्यमसँग कुरा गर्दै आमिरले रातको २ बजेसम्म साहरुख र सलमानले आफूलाई फोन गरेको बताए ।

आमिरले भने-‘रातको २ बजे मलाई दुबैले फोन गरेर जानकारी दिएका थिए । बारम्बार फोन आएपछि म निदाउन सकिन् ।’ बलिउडमा सलमानको स्टार पावर र चर्चा यदि कसैसँग तुलना हुन्छ भने त्यो साहरुख खान मात्र हुन् । दर्शकले पनि साहरुख र सलमानलाई एकसाथ चलचित्रमा हेर्न खोजेका छन् । दुइले यदि कुनै चलचित्रमा अभिनय गरे भने त्यो ब्लकबष्टर हुने पक्का छ । साहरुख र सलमान एकसाथ हुनुको धेरै कारण रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?