भारतसहित नेपालमा समेत लोकप्रिय टीभी शो कमेडी नाइट्स विथ कपिलका होस्ट कपिल शर्माले नेपालीसँग माफी मागेका छन् ।
एक स्टेज कार्यक्रममा सगरमाथा भारतमा छ भनेर भन्नु गल्ती रहेको स्वीकार्दै उनले नेपालीहरूसँग माफी मागेका हुन् । उनले एक वर्षअघि अष्ट्रेलियामा अायोजित एक स्टेज कार्यक्रममा सगरमाथा भारतमा पर्छ भनेका थिए ।
तर, आसन्न नेपाल भ्रमणका बेला कपिलको अभिब्यक्तिलार्इ लिएर आलोचना भएपछि उनले ट्वीटरमार्फत माफी मागेका हुन् ।
बुधबार साँझ ट्वीट गर्दै कपिलले भनेका छन्-‘मेरो एउटा शोमा मैले माउन्ट एभरेस्ट भारतमा छ भनेँ। मेरो मनसाय नेपालीहरुको भावनामा चोट पुर्याउनु थिएन। मैले चोट पुर्याएको भए माफी चाहन्छु ।’
in one of my show by mistake I said that Mount Everest is in India. I never meant to hurt Nepali people’s feelings.. I feel sorry if i hurt
— Kapil Sharma (@KapilSharmaK9) November 19, 2014
भारतीय टीभी च्यानल कलर्सबाट प्रसारण हुने कमेडी शो कमेडी नाइट्स विद् कपिलका सञ्चालक कपिलले २०१३ नोभेम्बरमा सिड्नीमा अायोजित शोमा सगरमाथा भारतमा पर्छ भनेका थिए ।
तर, पछिल्ला दिनहमा सामाजिक सञ्जालमा कपिलको झुटको आलोचना भएको थियो । कपिल मंसिर २७ मा हुने स्टेज शोका लागि नेपाल आउने तयारीमा छन् ।
उनको माफी पनि यसलार्इ हेरेर भएको देखिन्छ भने लगतै उनले नेपाल र नेपालीको प्रशंसा गर्दै ट्वीट समेत गरेका छन् ।
यसो भनेका थिए कपिलले, हेर्नुहोस् भिडियो
(सगरमाथासम्बन्धी प्रसङग ६:१५ सेकेन्डमा)
प्रतिक्रिया 4