Comments Add Comment

भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण रद्द

Modi
फाइल तस्वीरः अनलाइनखबर

४ मंसिर, काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको छ । भारतीय दुतावासले विहीबार परराष्ट्र मन्त्रालयको भारत हेर्ने शाखाका सहसचिवलाई टेलिफोन गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर जाने कार्यक्रम रद्द भएको जानकारी गराएको हो ।

जनकपुरसँगै माेदीले लुम्बिनी र मुक्तिनाथकाे पनि भ्रमण नगर्ने बताइएकाे छ ।

मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम थियो । तर, नागरिक अभिनन्दनको कार्यक्रम कुन स्थानमा गर्ने भन्नेमा प्रमुख राजनीतिक दलका नेताहरुबीच विवाद थियो ।

एमाओवादी नेताको आपत्ति

यसैवीच भारतीय दूतावासले मोदीको जनकपुर भ्रमण रद्द गरेको सूचना नेपाल सरकारलाई दिएलगत्तै जनकपुरमा एमाओवादीको नेतृत्वमा रहेको २२ दलीय मोर्चाले आपत्ति जनाएको छ । (हेर्नुहाेस्- जनकपुरमा विरोध)

‘हामी यो निर्णयको विरोध गर्छौं, जनकपुरबाट एमाओवादी नेता रामकुमार शर्माले अनलाइनखबरसँग टेलिफोनमा भने, ‘मोदीलाई जनकपुर आउन नदिने षड्यन्त्रको विरोधमा जनकपुरका युवाले प्रधानमन्त्री सुशील कोइराला र मन्त्री विमलेन्द्र निधीको पुत्ला जलाउने कार्यक्रम तय गरेका छन् ।’

मोदीको भ्रमण रद्द भएपछि सरकार र एमाओवादीवीच दोषारोपण सुरु भएको छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिल्यैदेखि जनकपुर आउन खोजेको भए पनि नेपाल सरकारले नदिएको शर्माले बताए ।  मोदीले नेपालको संसदमै भाषण गरेपछि नेपाल सरकार भ्रमणका लागि बाध्य भएर तयार भएको उनले बताए ।

कसले रोक्यो भ्रमण ?

माओवादी नेता शर्माले शुक्रबारदेखि जनकपुरवासी आन्दोलित हुने दाबी गरे । तर, २२ दलले नेपालका प्रधानमन्त्रीको पुत्ला दहन गर्ने बताए पनि मोदीको भ्रमण नेपाल सरकारले स्थगन गरेको होइन ।

विहीबार बसेको मन्त्रिपरिषदको बैठकले मोदीको भ्रमण रद्द गरेको नभई भारतीय दूतावासले मोदीको भ्रमण रद्द भएको सूचना परराष्ट्र मन्त्रालयलाई दिएको हो । मोदीको भ्रमण भारत सरकारले आफैं रद्द गरेको हो ।

सरकारको आरोप २२ दलमाथि

यसैवीच मोदीको भ्रमण रद्द हुनुमा एमाओवादी र मधेसवादी दल जिम्मेवार रहेको सरकारका एक मन्त्रीले आरोप लगाएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले एमाओवादी र मधेसवादी दलको गैर जिम्मेवारपूर्ण हरकतका कारण मोदीको जनकपुर भ्रमण रद्द भएको भन्दै दु:खमनाऊ गरेका छन् ।

यो पनि पढ्नुहोस्  मन्त्री विमलेन्द्र भन्छन्-धम्कीपछि भ्रमण रद्द भयो (विज्ञप्तिसहित)

मोदी विवादमा पर्न चाहेनन्

भारत सरकारले आफ्नो प्रधानमन्त्रीको जनकपुर भ्रमण रद्द गर्ने निर्णय गरेर बुद्धिमत्ता अपनाएको काठमाडौंमा टिप्पणी सुरु भएको छ । (हेर्नुहाेस् मोदीको भ्रमण रद्द हुनु स्वागतयोग्य : नारायणकाजी)

जनकपुरमा मोदीलाई भाषण गर्न दिनुपर्छ र दिन हुँदैन भन्ने विषयमा नेपाली समुदायमा विवाद देखिएपछि मोदी विवादमा पर्न नचाहेको भारतीय दूतावासको निर्णयबाट स्पष्ट भएको छ ।

लुम्बिनीमा होटलको बुकिङ रद्द

यसैवीच लुम्बिनीमा हुने भनिएको मोदीको भ्रमणका बेला भारतीय दूतावासका कर्मचारी बस्न भन्दै बुकिङ गरिएका भैरहवाको र्‍याडिसन रिसोर्टका ३० वटा रुमहरु विहीबार विहान अकस्मात रद्द गरिएका छन् ।

Radision-Resort-final-2
भैरहवास्थित र्‍याडिसन रिसोर्ट

नेपाल भारत मैत्री संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष शिद्धार्थ अग्रवालले होटलका महाप्रवन्धक अमृत खनाललाई टेलिफोन गरी होटलको बुकिङ रद्द गर्न भनेका हुन् ।

भैरहवामा यसै वर्ष खोलिएको सो होटलका कोठाहरु दूतावासको कर्मचारीका लागि दुई रातसम्म बस्ने भन्दै बुकिङ गरिएका थिए ।

जनमत: मोदीको जनकपुर भ्रमण स्थगित हुनुमा कसको दोष ?

समाचार टिप्पणीः मोदीको नेपाल नीतिः माइक्रोम्यानेजमेन्टको निरन्तरता 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment