+
+
Shares

सलमानको कार्यक्रममा नआउने भइन किम

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ५ गते १०:०९

Kim-Kardashian big bossमुम्बइ । अमेरिकन टेलिभिनकर्मी एवं मोडल किम कादार्शनी सलमान खानले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम बीगबोसमा सहभागी नहुने भएकी छिन् । उनको बलिउड यात्रा तय गर्ने कम्पनि बिजक्राफ्टले बीबीसीसँग कुरा गर्दै किम बलिउड नआउने आधिकारिक जानकारी दिएको हो ।

तर, उक्त कम्पनिले किमको बलिउड यात्रा रद्द हुनुको स्पष्ट कारण खुलाएको छैन । यसअघि किमले भारतको एक परफयुम कम्पनिको उद्घाटन गर्ने कार्यक्रम थियो । टेलिभिजन कार्यक्रम ‘बिग बोस’ मा एक दिन सहभागी हुने उनको योजना थियो ।

तर, मनोरञ्जन च्यानल कलर्सले भने अझै किम बीसबोसमा सहभागी हुन आउने दाबी गर्दै आएको छ । त्यति मात्रै होइन केही भारतीय मिडियाले सलमान खानकी बहिनी अर्पिताको बिबाह पछि आयोजना हुने रिसेप्सन पार्टीमा सहभागी हुने समेत दावी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?