+
+
Shares

उदयपुर कारागारमा झडप : घाइते खतरामुक्त, मुख्य नाइकेलाई अलग्गै राखियो

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ६ गते १०:१३

६ मंसिर, उदयपुर । जिल्ला कारागार उदयपुरका कैदीबन्दीहरुबीच झडप भएपछि मुख्य नाइके हिरा तामाङको समूहलाई छुट्टै स्थानमा राखिएको छ । तामाङको समूहलाई अलग्गै राखिएपछि अहिले कारागारको अवस्था सामान्य छ ।

जिल्ला कारागार उदयपुरमा शुक्रवार दिउँसो कैदी बन्दी बीच आपसमा झडप हुँदा पाँच जना घाईते भएका थिए । टाउकोमा चोट लागेर घाइते भएका तुलसी राईलाई धरानमा उपचार गराई शुक्रबार राति नै उदयपुर कारागारमा फर्काइएको छ ।

अस्पतालले खतरामुक्त भनेकाले राईलाई सामान्य उपचार गराएर फर्काइएको डीएसपी जयराज सापकोटाले जानकारी दिए ।

‘अहिले स्थिति सामान्य छ,’ जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी जयराज सापकोटाले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘झडपमा संलग्न कैदीबन्दीहरुलाई अलग अलग स्थानमा राखेका छौं ।’

कारागारका मुख्य नाईके हिरा तामाङ र भाइ नाइके मनोज राईको समु्ह तथा सञ्जीव राईको समुहबीच दोहोरो झडप भएको थियो ।

नाईके, भाइनाईके र चौकीदारको समुहले सरुवा हुने कैदी बन्दीको रेकर्ड स्थानीय सुरक्षा प्रमुखलाई नदिएको, नाइकेले कैदी बन्दीको शोषण गरेको लगायतको विषयमा विवाद हुदा झडप भएको हो ।

कारागारमा कोचाकोच

जिल्ला कारागार उदयपुरमा हाल २ नाबालक सहित १ सय ३० जना कैदी बन्दी छन् । जबकी कारागारको क्षमता ५० मात्रै हो । विभिन्न स्थानबाट कैदीबन्दीहरु सरुवा भएर आउने भएकाले क्षमता भन्दा धेरै राख्नु परेको जेलर मुकुन्द ढकालले जानकारी दिए ।

क्षमता भन्दा धेरै बस्नुपर्दा सुत्न, खान, शौचालय जान बढि समस्या व्यहोर्नुपरेको कैदीबन्दीहरुले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?