Comments Add Comment

आमाको शवसँगै ५ वर्ष सुतिन् महिला

women

सन् २००९ मा मृत्यु भएकी आफ्नी आमाको शवलाई अन्त्येष्टि गर्नुको साटो एक महिलाले ओछ्यानमै सुताएर आफु पनि सँगै सुतिरहेको रहस्य खुलेको छ ।

जर्मनीको म्युनिखस्थित ब्लुमेनाउकी एक महिलाले आफ्नी आमाको शवलाई पाँचवर्षसम्म घरभित्रै राखेको तथ्य खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर मानसिक अस्पतालमा भर्ना गरेको छ ।

नाम नखुलाइएकी ती महिलाले आफ्नी ८३ वर्षकी आमाको मृत्यु भएपछि आमाको शवलाई ओछ्यानमै सुताएर आफु पनि आमाको शवसँगै सुत्ने गरेकी थिइन् ।

उक्त घरकी बुढीआमै देखिन छाडेपछि र छोरीचाहीँले आफ्नो घरमा कसैलाई पनि छिर्न नदिन थालेपछि छिमेकीलाई चिसो पस्यो ।

स्थानीय मानिसहरुले आमाको बारेमा सोध्दा पनि केही जवाफ नदिने र कसैलाई पनि घरमा छिर्न नदिएपछि छिमेकीहरुले प्रहरीलाई खबर गरे ।

अग्नी नियन्त्रकहरु आएर उनको घरमा खानतलासी गर्दा ती महिलाकी आमाको शवलाई सुकाएर नसड्ने गरी ओछ्यानमा सुताएको फेला पारे ।

उनले आफ्नी आमाको मृत्यु सन् २००९ मा भएको र सोही समयदेखि आफु आमाको शवसँगै सुत्ने गरेको स्विकार गरिन् ।

ती महिलालाई मानसिक अस्पतालमा परीक्षणका लागि लगिएको छ ।

वृद्धाको शवको पोष्टमार्टम गर्दा उनको हत्या नभै स्वभाविक मृत्यु भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment