Comments Add Comment

विदेशी शिक्षण संस्था सञ्चालन गर्ने अनुमति स्थगित

६ मंसिर, काठमाडौं । सरकारले नेपालमा सञ्चालन हुने विदेशी विश्वविद्यालय तथा शिक्षण संस्था सञ्चालन गर्न दिने अनुमति तत्कालका लागि स्थगित गरेको छ ।

suchanaशिक्षा मन्त्रालय अन्तर्गतको शिक्षण संस्था समन्वय शाखाले सार्वजनिक सूचना जारी गरी विदेशी विश्वविद्यालय तथा शिक्षण संस्था सञ्चालन गर्ने निर्देशिकामा रहेका प्रावधानलाई समयसापेक्ष बनाउने भन्दै सम्बन्धन प्रक्रिया स्थगित गरेको जनाएको छ ।

शाखाले जारी गरिएको सूचनामा भनिएको छ-‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ मा रहेका प्रावधानलाई अझ बढी स्पष्ट, व्यवहारिक, वस्तुनिष्ठ, समयसापेक्ष र पारदर्शी बनाउन उक्त निर्देशिका उपर संशोधन तथा परिमार्जन सम्बन्धी कार्य भइरहेकाले सो निर्देशिका संशोधन तथा परिमार्जन भई स्वीकृत नभए सम्मको अवधिका लागि विदेशी विश्वविद्यालय एवम् शिक्षण संस्थाको सम्बन्धनमा नेपालभित्र उच्च शिक्षाका शैक्षिक कार्यक्रम सञ्चालन अनुमति दिने सम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको छ’ भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment