मुम्बइ । अभिनेत्री अलिया भट्टले आफुलाई सिनेमामा चुम्बन गर्न कुनै समस्या नभएको बताएकी छिन् । अहिलेसम्म चारवटा फिल्ममा काम गरेकी अलियाले सबै फिल्ममा हिरोसँगका चुम्बन दृष्य चर्चामा रहे ।
उनलाई कतिपय मिडियाले ‘लेडी सिरियल किसर’ पनि भनेका छन् । यस्ता प्रतिक्रियाप्रति उनको कुनै गुनासो छैन । ‘अहिलेको सिनेमाको माग नै चुम्बन हो भने मलाई कुनै आपत्ति छैन, म गर्छु,’ उनले भनिन् ।
फिल्ममा चुम्बन गर्नुलाई हिरो हिरोइनको रहरका रुपमा नबुझन पनि उनले आग्रह गरिन् । दर्शकले रमाइलो मान्छन् भने हिरोइनले चुम्बन गर्न लजाउनु हुन्न ।’ उनले भनिन् ।
आगामी दिनमा पनि चुम्बनलाई निरन्तरता दिने उनको योजना छ । ‘फिल्ममा लगातार चुम्बन गरेकै कारण आफुलाई राम्रो चुम्बन गर्न आउने पनि उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4