Comments Add Comment

अब ३० सेकेण्डमै मोबाइल चार्ज गर्न सकिने

mobile
सिंगापूरका वैज्ञानिकहरुले दुइ मिनेटमा पूरै चार्ज हुने मोबाइलको आविष्कार गरेको चर्चा सेलाउन नपाउँदै इजरायलका वैज्ञानिकहरुले अर्को चमत्कार गरेका छन् । इजरायली वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका छन् जसले केवल ३० सेकेण्डमा मोबाइलको ब्याट्री पूरै चार्ज हुनेछ ।

इजरायलको स्टोरडट नामक कम्पनीले निकै तिब्र गतिमा ब्याट्री रिचार्ज गर्ने चार्जिङ डिभाइसको नमूना सार्वजनिक गरेको छ ।

चामत्कारिक क्षमता सहितको यो डिभाइसमा प्रयोग गरिएको खास प्रविधिको बारेमा खुलासा भने गरिएको छैन र यसलाई नानो डटको नाम दिइएको छ । कम्पनीका अनुसार यो प्रविधिले केवल मोबाइल चार्जका लागि मात्र नभै ल्यापटप लगायतका डिभाइसको ब्याट्री चार्ज गर्न पनि सकिन्छ र केही मिनेटमै ल्यापटप पूरै चार्ज गर्न सकिन्छ । त्यस्तै केही मिनेटमै कारको ब्याट्री समेत चार्ज गर्छ ।

तेलअबिबमा भएको माइक्रोसफ्टको थिंक नेक्स्ट सम्मेलनमा कम्पनीले यो अत्याधुनिक चार्जिङ डिभाइसको नमूना सार्वजनिक गरेको छ । अहिले सार्वजनिक गरिएको चार्जिङ डिभाइस सामसुङको ग्यालेक्सी फोरका लागि हो र अन्य स्मार्टफोनका लागि समेत त्यस्तै चार्जरहरु बनाइने स्टोरडटले जनाएको छ ।

सार्वजनिक गरिएको नमूना चार्जर ल्यापटपको चार्जरकै आकारको छ र यसको आकार सानो भन्दा सानोमा घटाउने गृहकार्य भैरहेको बताइएको छ । यो चार्जरको मूल्य भने ३० डलरजति हुने बताइएको छ । सन् २०१६ को अन्त्यतिरबाट यो चार्जरको व्यवसायिक उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।
स्टोरडटले जैविक सेमिकण्डक्टरको विकाश गरिरहेको छ जसलाई चार्जिङ समयलाई तिब्र बनाउनमा सहयोग गर्छ र छोटो समयमै ब्याट्री चार्ज हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment