+
+
Shares

भैरहवा क्षेत्रका पाँच करदाता उत्कृष्ट घोषित

११ मंसिर, भैरहवा । आन्तरीक राजस्व कार्यालय भैरहवा अन्र्तगतका पाँच करदाताहरु उत्कृष्ट करदाता घोषित भएका छन् ।

कार्यालयका प्रमुख कर अधिकृत जनकराज शर्माले तेश्रो राष्ट्रिय कर दिवस तथा सप्ताह कार्यक्रमका अबसरमा सरकारले करको परिपालना गर्दै बढी आयकर तिर्ने करदाता चयन गरि उत्कृष्ट घोषणा गरेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ११ गते १०:३९

सलमान खान

११ मंसिर, भैरहवा । आन्तरीक राजस्व कार्यालय भैरहवा अन्र्तगतका पाँच करदाताहरु उत्कृष्ट करदाता घोषित भएका छन् ।

कार्यालयका प्रमुख कर अधिकृत जनकराज शर्माले तेश्रो राष्ट्रिय कर दिवस तथा सप्ताह कार्यक्रमका अबसरमा सरकारले करको परिपालना गर्दै बढी आयकर तिर्ने  करदाता चयन गरि उत्कृष्ट घोषणा गरेको बताए ।

उत्कृष्ट घोषित करदाताहरुमा सबैभन्दा बढी आयकर तिर्ने सिद्धार्थ फाइनान्स भैरहवा, पेशागत क्षेत्रबाट व्यक्तिगत रुपमा सबैभन्दा बढी आयकर तिर्ने कृष्ण नेत्रालयका प्रबन्ध निर्देशक डा. सुदर्शन धिताल, उद्योग क्षेत्रबाट उच्चतम आयकर तिर्नेमा गोयन्का फुड्स प्रालिा, पर्यटन क्षेत्रबाट बढी आयकर तिर्नेमा बुद्धमाया गार्डेन होटल र भैरहवा क्षेत्र अन्र्तगत रहेको नवलपरासी क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने एसके खाद्य उद्योग रहेको प्रमुख कर अधिकृत शर्माले बताए ।

उत्कृष्ट करदाताहरुलाई एक बिशेष कार्यक्रम आयोजना गरी आन्तरीक राजश्व विभागका महानिर्देशकको उपस्थितीमा सम्मान गर्ने कार्यालयले जनाएको छ ।

त्यसैगरि, कार्यालयले यस पटकदेखि उत्कृष्छ कर्मचारी समेत घोषणा गरेको छ । आन्तरीक राजस्व कार्यालय भैरहवाकी नासु मधु राना उत्कृष्ट कर्मचारी घोषित भएकी हुन् ।

चार महिनामा पौने अर्ब बढी राजस्व संकलन

कार्यालय भैरहवाले चालु आर्थिक बर्षको पहीलो चार महिनामा पौने १ अर्ब भन्दा बढी (७६ करोड ६२ लाख ६४ हजार) राजश्व संकलन गरेको छ ।

आन्तरिक राजस्व विभागले यो कार्यालयलाई दिएको चौमासिक लक्ष्य ७६ करोड १ लाख १९ हजार थियो । कार्यालयले लक्ष्यभन्दा ६१ लाख बढी  संकलन गरेको र चौमासिक राजस्व संकलन गत बर्षको सोही अवधीको तुलनामा करीब २० प्रतिशत रहेको आन्तरीक राजश्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत जनकराज शर्माले बताए ।

चालु बर्षको चौमासिकमा कार्यालयले अन्तशुल्क तर्फ ४३ करोड ७१ लाख ३७ हजार,मूल्य अभिबृद्धीकर (भ्याट) तर्फ २० करोड ७९ लाख ४६ हजार, आयकर र बहाल करतर्फ ११ करोड ९५ लाख ४४ हजार संकलन गरेको जनाएको छ ।

त्यस्तै, सोही अवधीमा शिक्षा सेवा शुल्कमा १२ लाख ९ हजार र स्वास्थ्य सेवा शुल्कमा ४ लाख २८ हजार रुपैयाँ संकलन गरेको हो  ।

बिभागले यो कार्यालयलाई चालु आबका लागी २ अर्ब ९० करोड २७ लाख ३२ हजार राजस्व संकलनक लक्ष्य दिएको छ ।यो लक्ष्य गत बर्षको भन्दा करीब २२ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?