Comments Add Comment

यस्तो छ गढीमार्इ मेलाको नालीबेली

GADHIMAI-TEMPLE-AT-BARA-NEP११ मंसिर, बारा । बली पूजाका लागि विश्वमै प्रशिद्धी कमाएको माता गढीमार्इको मेला बाराको बरियारपुरमा मंसिर १ गतेबाट औपचारिकरुपमा शुरु भइसकेको छ । मेला सुरु नहुँदैदेखि गढीमाई मेलाबारे अन्तरराष्ट्रिय चर्चासमेत प्रारम्भ भएको छ ।

प्रत्येक पाँच वर्षमा एकचोटि लाग्ने गढीमाई मेलामा देश विदेशबाट भक्तजन तथा दर्शनार्थीहरु आउन सुरु गरिसकेका छन् । गढीमाई मेलालाई विश्वमा नै सबैभन्दा बढी बलिदिने मेलाको रुपमा समेत चिनिने गरिन्छ ।

यदि कसैले स्वच्छ र पवित्र मनले गढीमाईको दर्शन गरे, उनको सबै मनोकामना पूरा हुने जनअस्था र विश्वास भएकाले गढीमाई मेलामा लाखौं भक्तजन तथा दर्शनार्थीहरुको भिड लाग्ने गर्छ ।

गढीमाई मन्दिरमा पुगी भाकल गरेमा आफ्ना सबै मनोकांक्षा पूरा हुने धार्मिक मान्यता रहेको छ । गढीमाई मेलासँग जोडिएका अनेकौं धार्मिक तथा सांस्कृतिक किवदन्ती रहेका छन् ।

ठूलो पर्यटकीय सम्भावना बोकेको गढीमाई मेला बाराको धार्मिक र सांस्कृतिक मात्रै नभई, यस क्षेत्रको धार्मिक पर्यटन विकासमा कोसेढुङ्गा सावित भएको छ । पशुवलीको दृष्टिकोणले गढीमाईलाई विश्वकै सबैभन्दा ठूलो मेलाका रुपमा लिइन्छ ।

यस्तो छ प्रचलन
मेला लाग्ने वर्षको असार महिनामा मन्दिरका झाँक्रीले धार्मिक विधिअनुसार औपचारिक पूजाआजा गरी मेलाको क्षेत्र निर्धारण गर्छन् ।

मङ्सीरको शुक्ल पूर्णिमाको षष्ठीदेखि नवमीसम्म मेलाको विशेष पूजा गरिन्छ । सो अवसरमा पञ्चमीको दिन खप्पर पूजा गरिन्छ भने सप्तमी र अष्टमीका दिन गढीमाई क्षेत्रभित्र रहेका ब्रम्हस्थानमा झाँक्रीले नरवलिका रुपमा आफ्नो शरीरका विभिन्न भागबाट पाँच थोपा रगत चढाएपछि त्यहाँ स्वतः एक विशेष दीप प्रज्ज्वलित हुने गर्दछ ।

दीप प्रज्वलित भएलगतै गढीमाता बरियारपुरमा प्रवेश गरेको धार्मिक मान्यतासँगै मेलाको औपचारिकता शुरु हुन्छ । त्यस लगत्तै झाँक्रीले पञ्च बली दिने गर्छन् ।

झाँक्रीले पञ्चबलीका रुपमा जङ्गली सेतो मुसा, भाले कुखुरा, बोका, सुंगुर र राँगाको बली दिने गर्छन् । धार्मिक विधि अनुसार पञ्चबली दिइसकेपछि मात्रै सर्वसाधारणले वली दिन शुरु गर्छन् ।

ब्रम्हस्थानमा झाँक्रीले नरवलिका रुपमा आफ्नो शरीरका विभिन्न भागबाट निकालेको पाँच थोपा रगत चढाएपछि त्यहाँ स्वतः एक विशेष दीप प्रज्ज्वलित हुने र मेला औपचारिकरूपमा शुरु हुने परम्परा छ ।

आफ्नो मनोकांक्षा पूरा भएका लाखौं भक्तजनहरुले भाकल गरे अनुसारका राँगा, बोका, कुखुरा र परेवाको बली चढाउने गर्छन् ।

यही मंसिर १ गतेबाट शुरु भएको गढीमाई मेला करिव एक महिनासम्म सञ्चालन हुने गर्छ । त्यसो त गढीमाई मन्दिरमा मेला बाहेकका दिनहरुमा पनि दैनिक हजारौंको संख्यामा भक्तजनहरु आउने गरेको कुरा मन्दिरका मूल पुजारी मंगल चौधरी बताउँछन् ।

प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिर भित्र रहेको देवीको मूर्ति करिब १५० वर्ष पहिले उपेन्द्रविक्रम शाहले स्थापना गरेको इतिहास रहेको छ ।

मेला अवधिभरमा नेपाल र भारतबाट गरी लाखौं भक्तजन तथा दर्शनार्थी सहभागी हुनु र पूजाअन्तरगत ब्रहृमदेव मन्दिरमा दीप आफै प्रज्जवलित हुनु अनि हजारौंको संख्यामा बलि दिइएका पशपंक्षीको रगतमा झिंगा नलाग्नु गढीमाई मेलाको खास विशेषता रहेको दाबी गरिँदै आएको छ ।

गढीमाई मेला व्यवस्थापन समितिका अनुसार ०६५ सालको मेलामा देश र विदेशबाट गरी करिव ७० लाखभन्दा बढी भक्तजनहरुले गढीमाइको दर्शन गरेका थिए । मेलाका क्रममा भक्तजनहरुले करिव २५ हजार रांगा र २० हजारभन्दा बढी बोकाको बली दिएको गढीमाई मेला व्यवस्थापन समितिको अनुमान छ ।

buffalos-for-Gadhimai-TEMPLभारतमा अवरोध

यसपटक भारतको उच्च न्यायालयले आफ्नो देशबाट नेपालमा पशु लैजान रोक लगाएपछि यसपटकको मेलामा बली प्रभावित हुन्छ कि भन्ने जनमानसमा चिन्ता देखिएको छ । तर, गढीमाई मन्दिरका पुजारी मंगल चौधरीलाई भने कसैले रोकेर पनि बलिमा कुनै कमी नआउने विश्वास छ ।

मेला समितिले मन्दिरसँगै रहेको करिव २ विघा १० कठ्ठाको क्षेत्रफल मैदानमा बलि दिने राँगाहरु राख्ने ब्यवस्था मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment