+
+
Shares

होस्टलमा स्वीप अपरेसन गर्दा फेला पर्‍यो हत्कडीदेखि प्रहरीको लौरोसम्म

होस्टलबाट दुई थान हत्कडी, एपीएफको बडी प्रोटेक्टर, हार्ड डिस्क र प्रहरीको लौरो बरामद गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते ११:५०

१० कात्तिक, काठमाडौं । होस्टलमा स्वीप अपरेसन गरेर प्रहरीले हत्कडी, प्रहरीको लौरोसमेत बरामद गरेको छ ।

आइतबार दिउँसो प्रहरीले काठमाडौं महानगरपालिका-३२ सुविधानगरमा रहोके सम्पदा ब्वाइज होस्टलको बी ब्लक र सोही होस्टलको प्रयागमार्गस्थित ए ब्लकमा स्वीप अपरशेन चलाएको थियो ।

सो क्रममा ए ब्लकबाट हत्कडीसहितका सामान बरामद भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दानबहादुर कार्कीले बताए ।

उक्त होस्टलबाट दुई थान हत्कडी, एपीएफको बडी प्रोटेक्टर, हार्ड डिस्क र प्रहरीको लौरो बरामद गरेको छ ।

प्रहरीको सरसामान भेटिएपछि होस्टल वार्डेन २४ वर्षीय गोविन्दकुमार ठाकुरलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?