Comments Add Comment

ब्रेन ह्यामरेजका कारण जापानमा जीवन मरणको दोसाँधमा नेपाली बिद्यार्थी

buddhiram-kici

१२ मंसिर, टोक्यो । ८ महिनाअघि मात्रै सुन्दर भबिष्यको कल्पना गर्दै अध्ययनका लागि जापान आएका नेपाली बिद्यार्थी यतिबेला टोक्यो मेडिकल युनिभर्सिटीमा जीवन मरणको दोसाँधमा छन् ।

केही दिनदेखि टाउको दुख्ने समस्याबाट पिडीत भएका भक्तपुर गोलमाडी-६ का बुद्धराम किसीलाई तीन दिन पहिले अस्पताल भर्ना गरिएको थियो । तर, चिकित्सकले दिमागमा रगत जमिसकेको जानकारी दिँदै बचाउन निकै कठिन रहेको बताएका छन् ।

भाषा अध्ययनका लागि उनी अपि्रल सेसनमा जापान आएका उनी टोक्यो सिन्जुकुमा रहेको टोक्यो वल्र्ड भाषा बिद्यालयमा अध्ययनरत थिए ।
चिकित्सकले परिवारका सदस्यलाई तत्कालै बोलाउन आग्रह गरेपछि नेपालबाट किसीका भिनाजु शिवराम तोइतोइ टोक्यो वल्र्ड एकेडमीका नेपाल प्रतिनिधि देवकुमार लामा आज जापान आइपुग्दैछन् ।

‘डाक्टरले अप्रेसन गर्न पनि सकिदैन र बचाउन आश पनि कम छ भनेका छन’ भिनाजु तोइतोइले भने- अस्पताल पुगेर डाक्टरसँग सल्लाह गरेपछि उनको अबस्थाबारे टुंगो लाग्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment