+
+
Shares

गढीमाईको बली रोक्न आएका स्वामी अग्निवेश आफै रोकिए

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १२ गते १२:२०

swami-agnibesh-FINAL१२ मंसिर, काठमाडौं । भारतका प्रशिद्ध अधिकारकर्मी तथा आर्य समाजका नेता स्वामी अग्निवेशले गढीमाई मेलामा पशुबली विरुद्ध अनसन बस्न खोजे पनि उनलाई मेला समिति र स्थानीय प्रशासनले रोकेको छ ।

बली प्रथाविरुद्ध भक्तजनहरुलाई सम्बोधन गर्न पाउँ भन्दै स्वामी अग्निवेश तीन/चार दिनदेखि बाराको गढीमाईमा छन् । ‘म हिन्दू हुँ, बली प्रथाका बारेमा भक्तजनलाई सम्झाउँछु भन्दा पनि बोल्न दिइएन,’ स्वामीले पत्रकारसँग भने ।

सम्बोधन गर्न नपाएपछि स्वामी अग्निवेशले बली शुरु हुने दिन विहीबार र शुक्रबार दुई दिन गढीमाईमै अनसन बस्न खोजेका थिए । तर, अनसन बस्न नदिइएपछि मेलास्थलमै रहेको प्रहरीको क्याम्पमा बस्नुपरेको उनले बताएका छन् ।

‘बलीप्रथाका बारेमा केही बोल्छु, भक्तजनहरुलाई बुझाउँछु भन्दा पनि मलाई कसैले सुन्नै चाहेनन्,’ अग्निवेशले भने, ‘काठमाडौंमा राष्ट्रपति, प्रधानमन्त्रीसहित नेताहरुले दिएको आश्वासन यहाँ लागु भएन ।’

स्वामी अग्निवेशले गढीमाई मेलामा करोडौंको आर्थिक कारोबार हुने गरेको र त्यसमा घोटाला भएको भन्दै छानविनको मागसमेत गरेका छन् ।

भारतीय बाहेक विदेशीहरुलाई प्रवेश निषेध

यसैबीच बलीस्थलमा भारतीय बाहेक विदेशीहरुलाई प्रवेश निषेध गरिएको छ । गढीमाईको बलीको समाचार संकलन गर्न विश्वभरका सञ्चार माध्यमका पत्रकारहरु अहिले बारामा छन् ।

बली प्रथाको विरोध गर्ने र पर्यवपेक्षण गर्ने पश्चिमाहरुको ठूलो संख्या अहिले वीरगन्जदेखि बारासम्म पगेको छ ।

बलीको दृश्य खिच्न नदिन शुरुमा प्रहरीले पत्रकारलाई पनि रोक लगाएका थिए । बली दिएको हेर्न पाउनुपर्छ भन्ने भीडलाई हटाउन खोज्दा केहीबेर सामान्य झडप भएको पत्रकार गोकुल घोरसाइनेले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?