Comments Add Comment

विशिष्ट व्यक्तिको सूचीमा परेनन् पूर्व राजा

१३ मंसिर, काठमाडौ । सरकारले ‘भगवान भरोसा’ चल्दै आएको विशिष्ट व्यक्तिहरू (भीभीआईपी)को सुरक्षा व्यवस्थालाई सुदृढ र समयानूकूल बनाउने तयारी गरेको छ । गृहमन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धि विधेयक संसदमा दर्ता गराएको छ ।050201_gyanendra_ccol_4a.grid-4x2

विधेयकमा सरकारको विशिष्टता निर्धारण गरी सुरक्षा दिइने ब्यवस्था गरिएको छ । तर, विधेयकमा पूर्वराजालाई भने विशिष्ट व्यक्तिको सूचीमा नराखिएको नयाँ पत्रिकामा खबर छ । पूर्वराजाको हकमा भने प्रस्तावित विधेयक मौन रहेको छ ।

अतिविशिष्ट, विशिष्ट, मध्यम र सामान्य गरी चार स्तरमा विशिष्ट ब्यक्तिलाई बर्गिकरण गरिएको छ । भीआईपीहरुलाई सुरक्षा ब्यवस्था मिलाउन गृह मन्त्रालय सचिवको नेतृत्वमा केन्द्रीय सुरक्षा निर्देशन समिति बनाइनेछ ।

बहालवाला राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संविधानसभा अध्यक्ष अति विशिष्ट स्तरमा छन् भने विशिष्ट स्तरमा पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, मन्त्री, व्यवस्थापिका संसदका विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, सर्वोच्च अदालतका न्यायाधीश र राज्यमन्त्री विशिष्ट स्तरमा छन् ।

मध्यमस्तरमा भने पूर्वन्यायाधीश, सहायकमन्त्री, संवैधानिक निकायका प्रमुख, मुख्यसचिब, पुनरावेदन अदालतका मुख्य न्यायाधीश, र संविधानसभाका पूर्वअध्यक्ष वा पूर्वसभामुख पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment