Comments Add Comment

चेलिबेटी बेचबिखनको आरोपमा भारतीय युवा पक्राउ

husen

१३ मंसिर, विराटनगर । मानव बेचबिखनमा संलग्न भएको आरेापमा मोरङ प्रहरीले भारतीय एक युवालाई पक्राउ गरेको छ ।

मोरङ लेटाङ घर भएकी एक महिलालाई बेच्न भारत लैजादै गरेको अवस्थामा भारतीय सिमा जोगवनीवाट इनाम हुसेनलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतको वगाल घर भएका २८ वर्षका हुसेनले ५० हजार भारतीय रुपैयाँ दिने प्रलोवनमा पारी लैजादै गरेको अवस्थामा जोगमनी नाकाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षक ओमप्रकास खनालले जानकारी दिए ।

जोगवानी जाने क्रममा शंका लागेपछि केआई नेपाल नामक संस्थाको सहयोगमा हुसेनलाई प्हरीले पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment