Comments Add Comment

अस्थायी शिक्षकले पाउने भए अन्तिम अवसर

school_teacher5
१४ मंसिर, काठमाडौ । अस्थायी शिक्षकहरुलाई अन्तिम अवसर दिने भन्दै सरकारले आन्तरिक प्रतिष्पर्धाका आधारमा शिक्षक नियुक्ति गर्ने प्रस्ताव अगाडि सारेको छ ।
अध्यापन अनुमतिपत्र लिएर शिक्षकका लागि नयाँ विज्ञापनको प्रतिक्षामा रहेका छ लाख भन्दा बढी ब्यक्तिले खुला प्रतिष्पर्धामा चित्त बुझाउनुपर्ने भएको छ ।
शिक्षा मन्त्रालयले गत २०६३ बैशाख १० गते आघिसम्मको रिक्त दरबन्दीमा शिक्षक पदपूर्ति गर्न शिक्षा ऐन संसोधनको मस्यौदा तयार गरेको गोरखापत्रमा खबर छ । त्यसअवधिको रिक्त दरबन्दीमा ४० प्रतिशत आन्तिरिक र बाँकी ६० प्रतिशतमा खुला प्रतिष्पर्धाबाट पदपूर्ति गर्ने प्रस्ताव अगाडि सारिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले अस्थायी शिक्षकहरुको समस्या निकै लामो समयदेखि बल्झिँदै आएकाले यसलार्य अब यसलाई लम्ब्याईरहनु उचित हुदैन भनेर यस्तो प्रस्ताव गरिएको बताए ।
‘उनीहरुलाई अन्तिम एक पटक आन्तरिक प्रतिष्पर्धाबाट स्थायी हुने अवसर दिइने प्रस्ताव ल्याएका हौं,’ उनले भने, ‘त्यसपछि आन्तरिक प्रतिष्पर्धा हुने छैन । अस्थायी शिक्षकहरुको माग पनि सम्बोधन हुनेछ र समस्या पनि टुङ्गो लाग्नेछ ।’
शिक्षक सेवा आयोगले यसअघि २०६९ साल पुस २० गते १३ हजार ५७ दरबन्दीका लागि खुला प्रतिष्पर्धाका आधारमा पदपूर्ति गर्न विज्ञापन खुलाएको थियो । २०५२ सालपछि पहिलो पटक खुल्ला प्रतिष्पर्धाको विज्ञपन गरिएको थियो । त्यसबेला २०६३ साल बैशाख ११ देखि २०७० असार मसान्त भित्र रिक्त दरबन्दीका लागि मात्र विज्ञापन आहृवान गरिएको थियो । त्यसबाट कतिपय अस्थायी शिक्षकहरुले पनि नाम निकाल्न सफल भएका छन् ।
२०६३ बैशाख १० गतेअघिको रिक्त दरबन्दीको यकिन संख्या भन्न नसक्ने अवस्थामा मन्त्रालय भए पनि करिब १५ देखि २० हजारसम्म हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment