+
+

यौनधन्दाबारे प्रियंका भन्छिन- घर भाडामा दिएपछि सुत्ने कोठामा के हुन्छ भनेर हेर्न मिल्दैन

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १४ गते ९:४६

priyanka-chopra
मुम्बइ । अभिनेत्री प्रियंका चोपडाले आफ्नो घरमा भएको यौन धन्दावारे आफुलाई कुनै जानकारी नभएको बताएकी छिन् । घर भाडामा लगाएपछि आफु उक्त घरमा नगएको पनि उनले जानकारी दिइन् ।
एक कार्यक्रममा सहभागी हुन दिल्ली आइपुगेकी प्रियंकाले घर भाडामा लगाउने ब्यक्तिलाई भाडामा बस्नेको चोटाकोठा चाहर्ने अधिकार नभएको समेत बताइन् । ‘घर भाडामा दिएपछि उसको शयनकक्षमा के हुन्छ भनेर घरधनीले हेर्न मिल्दैन ।’ उनले भनिन् ।
प्रहरीले जनाएअनुसार प्रियंकाको अँधेरीस्थित फ्ल्याट भाडामा लिएर केही महिलाले यौनधन्दा सञ्चालन गरेका थिए । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । पि्रयंकाले प्रहरीको अनुसन्धान सकिएपछि सबै कुरा स्पष्ट हुने बताइन ।
यौन धन्दा कानुन विपरित कार्य भएको भन्दै पि्रयंकाले प्रहरीलाई आफुले सघाउन तयार रहेको जानकारी दिइन् । उनले भनिन्- ‘भारतीय समाजमा यौनधन्दा गैरकानुनी काम हो, यस्तो काम गर्नेबिरुद्ध म प्रहरीलाई सघाउन तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?