Comments Add Comment

लोडसेडिङको साथी मोबाइलमै, एशियन ब्याट्रीले ल्यायो ‘ब्याट्री एप्स’

Asian-Batteries-loadseding-Apps-2
ब्याट्रीको पनि मोवाइल एप्लिकेसन ? हो, ब्याट्री उत्पादक विश्वका कुनै कम्पनीले नगरेको काम एउटा नेपाली कम्पनीले गरेको छ । हाम्रो दैनिकीमा सघाउँदै आएका मोवाइल एप्सको स्टोरमा अर्को एप्प थपेको छ एशियन ब्याट्रीले ।

दैनिक जीवनमा उपयोगी एशियनको ब्याट्री एप्स एन्ड्रोइड, एप्पलविन्डोज गरी तिनवटा प्लेटर्फममा उपलब्ध छ ।

विराटनगरमा उत्पादन प्लान्ट रहेको एशियन ब्याट्रीले ब्याट्रीको नियमित रेखदेख गरेर त्यसको लाइफ लामो बनाउनेदेखि त्यसले दिने ब्याकअप अबधिसमेत मोवाइलमै उपलब्ध गराउन विकास गरेको हो एशियन ब्याट्री एप्प ।

‘ब्याट्रीसँगै उपभोक्तालाई केही नयाँ कुरा दिउँ भनेर एप्स डेभलप गरेका हौं,’ एशियन ब्याट्रीको संस्थापक मेगाटेक ग्रुपका प्रबन्ध निर्देशक शुरेस लोहनी भन्छन, ‘ब्याट्री किनेपछि उपभोक्ताले त्यसको कसरी सम्भार गर्ने भन्ने कुरा त्यही एप्सले मोवाइलमा उपभोक्तालाई बताउने छ ।’

के-के छन सुबिधा ?

एशियन ब्याट्री एप मोवाइलमा इन्स्टल गरेपछि उपभोक्ताले लोडसेडिङको जानकारी त्यसैमा पाउने छन् । यसका लागि उनीहरुले छुट्टै एप डाउनलोड गर्नुपर्ने छैन । आफ्नो लोडसेडिङको ग्रुप डिफल्ट गरेपछि मोवाइल लिएर जहाँ पुगे पनि जिपिएसमार्फत उसले बत्ति जाने सेड्युल भनिदिने छ ।

यसमा लोकेसन सर्च (खोजी) गर्न सक्ने सुविधा पनि छ । मोवाइलमै लोडसेडिङ तालिका भएपछि उपभोक्ताले विद्युत प्राधिकरणले प्रकाशन गर्ने सूचना फोटोकपी गरेर भित्तामा टास्ने झन्झट गर्नु पर्दैन ।

एशियन ब्याट्री एपले दिने अर्को सुविधा हो-लोड क्याल्कुलेसन । यसमा तपाईंले राख्नु भएको ब्याट्रीको संख्या, ब्याट्रीको क्षमता (एम्पिएर), चार्ज गरेको समय र टोटल लोड इन्ट्रि (प्रविस्टी) गराएपछि तपाईंको ब्याट्री र युपिएसको लोड एप्प आफैंले गणना गरिदिन्छ ।

Asian-Batteries-loadseding-Apps

तपाईंको घरमा भएका विद्युतीय उपकरणहरु जस्तै टिभी, फ्रिज, पंखा, कम्प्युटर आदिलाई चाहिने विद्युत र ब्याट्रीको क्षमता हेरेर तपाई आफैं कति वटा उपकरण चलाउन सकिन्छ भनेर निक्र्योल गर्न सक्नु हुन्छ ।

यस्तै प्रयोगकर्ताले आफ्नो नाम, इमेल ठेगाना, फोन नम्बर, ठेगाना, ब्याट्री इन्स्टल गरेको मितिलगायतका सूचना एप्पमा इन्ट्रि गराएपछि आवश्यकताअनुसार कम्पनीले ब्याट्रीको सर्भिसिङ, पानी थप्नु पर्नेसमयलगायतको जानकारी प्रयोगकर्तालाई दिनेछ ।

एप्समा कम्पनीको डिलर नेटवर्कको सम्पूर्ण विवरण राखिएको छ । यसले गर्दा ‘नियर बाइ डिलर’ क्लिक गरेर युजरले आफ्नो नजिकका डिलरहरुको जानकारी लिन सक्नेछन् ।

यसमा रहेको ‘एफएक्यु’ ले ब्याट्रीसम्बन्धी तपाईंका सबै प्रकारका जिज्ञासाको समाधान गरिदिने छ । यसमा ब्याट्री के हो, यसले कसरी काम गर्छ ?, भोल्ट भनेको के हो ?, ब्याट्रीको क्षमता के हो ? ब्याट्री कतिसयम टिक्छ? तापक्रमले ब्याट्रीमा कस्तो असर पार्छ ? यसलाई कति पटक -साइकल) रिचार्ज गर्न सकिन्छ ? लिड एसिड ब्याट्रीको चार्जिङ, ब्याट्रीको रनटाइम क्यालकुलेसन गर्ने तरिका, ब्याट्रीमा पानी कहिले थप्ने, ब्याट्रीले किन काम गर्दैन, ब्याट्रीको मर्मत सम्भार गर्ने तरिका, फ्ल्याट र ट्युबुलर ब्याट्रीकम फरक, ब्याट्रीमा गर्न हुने/नहुने कुराहरु, अपनाउनु पर्ने सुरक्षाका उपाय, ब्याट्रीको स्वास्थ्य थाहा पाउने तरिका, ब्याट्रीको जाँचलगायतका कुराको जानकारी एप्पले दिने छ ।

मुलुकले लोडसेडिङको मार खेपिरहेका बेला घरायसी उपकरण चलाउन उर्जा आपूर्ती गर्ने एक मात्र उपाय हो ब्याट्री जडान गर्नु । ब्याट्री जडान गरेपछि त्यतिकै काम गर्छ भन्ठानेर हामी त्यसको हेरचाह गर्दैनौं । त्यसले गर्दा ब्याट्रीको आयु छाटो हुन्छ ।

एशियन ब्याट्री एप्पले तपाईंलाई ब्याट्रीको लाइफ बढाउन बेलाबेलामा यसको सम्भारमा अपाउनु पर्ने तरिकाबारे नोटिफिकेसन दिएर सचेत गराइ रहन्छ ।

‘यस्तो प्रकारको एप्स संसारको कुनै पनि ब्याट्री कम्पनीले डेभलप गरेको पाएका छैनौं, मेगाटेक ग्रुपका प्रबन्ध निर्देशक लोहनी भन्छन, यस्तो नयाँ प्रयोग हामीले नेपालमा सुरु गरेका छौं । यसलाई सार्बजनिक गरेपछि रिभ्यू गर्दै तीन पटक अपडेट गरिसकेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment