Comments Add Comment

कपिलले नेपालीमा भनेः बुद्धको भूमीमा हँसाउन आउँदैछु

kapil sharma 2काठमाडौं । एनसेल नेपालले मंसिर २७ गते काठमाडौमा गर्न लागेको ‘पर्पल फेष्ट’ मा सहभागी हुन नेपाल आउने तयारीमा रहेका भारतीय कमेडिन कपिल शर्माले नेपाली भाषामै नेपाली दर्शकलाई सम्बोधन गरेका छन् ।
भारतीय टेलिभिजन च्यानलवाट प्रशारण हुने चर्चित कार्यक्रम ‘कमेडी नाइट वीथ कपिल’ का प्रस्तोता कपिल शर्माले सम्बोधन गरेको भिडियो एनसेलले सार्वजनिक गरेको छ ।
भिडियोमा उनले भनेका छन्-

‘नमस्कार म कपिल शर्मा । म आउँदैछु बुद्ध, सगरमाथा, अनि जानकीको भुमिमा तपाइहरुलाई हँसाउन ।’ दशरथ रंगशालामा आयोजना हुने कार्यक्रममा सबैलाई सहभागी हुन उनले आग्रह समेत गरेका छन् ।
उक्त कार्यक्रममा कपिलसँगै भारतीय गायक सोनु निगमले गीत प्रस्तुत गर्ने भएका छन् । त्यस्तै नेपाली गायक सुगम पोखरेल र र्‍यापर यमबुद्धको पनि विषेश प्रस्तुति रहने छ । कार्यक्रममा नेपाली हास्य कलाकार जीतु नेपाल र विल्सन बिक्रम राई-तक्मेबुढा) ले विषेश प्रस्तुती दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment