Comments Add Comment

गढीमाईको बली रोक्न काठमाडौंमा प्रदर्शन (फोटो कथा)

AGAINST sacrifice 11१५ मंसिर, काठमाडौं । बाराको गढीमाईमा भइरहेको सामुहिक पशुबली रोक्न माग गर्दै सोमवार सिंहदरवार अगाडि केही पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।

सरकारले नै पशुबली रोक्न चासो नदिएको भन्दै स्वस्फूर्त रुपमा जम्मा भएकाहरुले बली प्रथा विरुद्ध प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।

यो प्रदर्शन कुनै संघ संस्थाले संगठित रुपमा नगरेको र निर्दोष प्राणीको क्रुरतापूर्वक हत्या रोक्न स्वस्फूर्त जम्मा भएको सहभागीहरुले बताए ।

पशुअधिकारकर्मी प्रमदा शाहले फेसबुकबाट प्रदर्शनका लागि आह्वान गरेपछि उनीहरु अनामनगर हनुमानस्थान अगाडि भेला भएका थिए ।

प्रदर्शनमा विशेष महिला र युवा पुस्ताको सहभागिता थियो । यो अभियान जारी राखिने उनीहरुले बताएका छन् ।

कविन अधिकारीले खिचेका तस्वीर हेर्नुहोस्-

AGAINST sacrifice 1 AGAINST sacrifice 2 AGAINST sacrifice 3 AGAINST sacrifice 4 AGAINST sacrifice 5 AGAINST sacrifice 6 AGAINST sacrifice 7 AGAINST sacrifice 8 AGAINST sacrifice 9 AGAINST sacrifice 10  PRAMADA SHAHA AGAINST sacrifice

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment