Comments Add Comment

पेटका रोगीलार्इ वरदान बन्दै टि्वटर

twitterपेट सम्बन्धि विभिन्न रोगबाट ग्रसित मानिसहरुका लागि माइक्रोब्लगिङ साइट टि्वटर निकै लाभदायी बनिरहेको एक अध्ययनले देखाएको छ ।
ग्लूटेनमुक्त खानेकुरा सम्बन्धि जानकारीहरु खोज्नका लागि पेटरोगीले टि्वटरको प्रयोग गर्ने गरेको देखिएको छ ।
शोधकर्ता मार्टिनले सिलिएक रोग (पेटसम्बन्धि एक रोग) बारे अनलाइन नेटवर्किङको खुलासा समेत गरेकी छन् ।

सिलिएक रोगबाट पीडित मानिसको सरीरको रोग प्रतिरोधी प्रणालीले ग्लूटेन नामक प्रोटिनसँग असामान्य प्रतिक्रिया गर्दछ । यस्तो प्रतिक्रियाको फलस्वरुप सानो आन्द्रामा नोक्सान पुग्नुका साथै पेट तथा आन्द्रा सम्बन्धि समस्या तथा पोषक तत्व सरीरले शोषण गर्न नसक्ने समस्या पैदा हुन्छन् । यो प्रोटिन गहुँ, जौँ लगायतका अन्नमा पाइन्छ ।
सिलिएक रोगीहरुले सोसल साइटमा नेटवर्क नै स्थापित गरेका र टि्वटरमार्फत यस विषयमा चर्चा गर्ने गरेको पाइएको शोधकर्ताहरुले बताएका छन् । उनले आफ्नो अध्ययनका क्रममा बेलायतको लण्डन तथा अमेरिकाको न्युयोर्कका टि्वटर प्रयोगकर्ताको सन्देश विश्लेषण गरेकी थिइन् ।
ग्लूटेनमुक्त खानेकुरा कहाँ पाइन्छ, सिलिएक रोगबाट कसरी बँच्ने लगायतका विषयमा रोगीहरु बीचमा टि्वटरमार्फत जानकारी आदानप्रदान हुने गरेको पाइएको छ । यसक्रममा टि्वटरमा #coeliac #glutenfree जस्ता ह्यासट्यागको प्रयोग हुने गरेको समेत पाइएको छ । मानिसहरुले रोगको जानकारी, निर्णय तथा जोखिम र बचावटका लागि सोसल नेटवर्किङ साइट प्रयोग गर्ने गरेको उनको शोधमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment