+
+

दुर्लभ दृष्यः सलमान, शाहरुख र अमिर खान एकसाथ स्टेजमा

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १७ गते ९:४२

aamir-khan-shah-rukh-khan-salman-khan12 copy
बलिउडमा राज गरिरहेका तीन खानलाई एउटै फ्रे ममा हेर्ने दर्शकको धोको पुरा भएको छ ।
एकअर्काका तिब्र प्रतिस्पर्धी रहेका सलमान खान, शाहरुख खान र अमिर खान मंगलबार एकसाथ स्टेजमा देखिए ।
तर, उनीहरु कुनै फिल्मको सुटिङका लागि एक साथ देखिएका थिएनन् । न त निकट भबिष्यमै स्क्रिन सेयर गर्ने सम्भावना नै छ ।
यस्तो दुर्लभ अबसर जुराइदिएको थियो टीभी कार्यक्रम ‘आपकी अदालत’ले ।

यो लोकप्रिय टीभी कार्यक्रमले आफ्नो प्रसारणको २१ औं बर्ष पुरा गरेको छ । यही अबसर पारेर कार्यक्रमका संचालकले बिशेष सो सुट गरेका छन जहाँ तीन खानसहित बलिउड हस्तीहरु उपस्थित भए ।
मंगलबारको सुटिङसँगै लिक भएका केही तस्वीरमा सलमान र शाहरुख मञ्चमा केही खुसामत गरेका देखिन्छन भने छेऊमा उभिएका आमिर मुस्कुराइरहेका छन् ।

aamir-khan-shah-rukh-khan-salman-khan11 copy
पत्रकार रजत शर्माले संचालन गर्ने आपकी अदालत भारतमा सवैभन्दा लामो समयदेखि चलेको टक सो हो । आपकी अदालतको आगामी एपिसोडमा यी तीन खानलाई दर्शकले एकै स्टेजमा देख्न पाउनेछन् ।

दिल्लीको प्रगति मैदानमा भएको सुटिङमा मुख्य अतिथिका रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी थिए । मोदीसँगै बलिउड कलारकारले खिचाएका तस्वीर सोसल मिडियामा भाइरल बनेका छन् ।

sarukh salman amir 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?