+
+
Shares

सानिमाले बैंकले ल्यायो मोबाइल बैंकिङ एप

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १७ गते ११:१२

sanima-mobile-apps१७ मंसिर, काठमाडौं । सानिमा बैंकले नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप नेपाली भाषामा ल्याएको छ । सर्वसाधरणहरुले अझ राम्रोसँग मोबाइलबाट बैंकिङ कारोबार गर्न सकुन भन्ने उद्देश्यले यो एप ल्याएको बैंकले जनाएको छ ।

मोबाइल बैंकिङबाट बैंकका ग्राहकहरुले ब्यालेन्स सोधपुछ, ट्रान्जेक्सन अलर्ट, फन्ड ट्रान्सफर, मोबाइल रिर्चाज तथा थुप्रै सेवाप्रदायीहरुको बिल भुक्तानी गर्न सक्नेछन । थप सुविधाका साथ मोबाइल बैंकिङ एपबाट नै सिधै सानिमा बैंकका शाखाहरुमा सम्र्पक गर्न सकिने सुबिधा समेत यस एपमा रहेको छ ।

साथै, सानिमा डेबिट कार्डका ग्राहकहरुले सानिमा एसएमएस सेवाका लागि सिधै मोबाइलबाट नै दर्ता गर्न मिल्ने व्यवस्था मिलाइएकोे छ । उक्त एप्लिकेसन र्सवसाधरणहरुले प्लेस्टोर वा एप स्टोेरबाट डाउनलोड गर्न सक्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?