Comments Add Comment

गरिमा र दीकपालको मुस्कानमा रंग छर्‍यो त ‘रंग बैजनी’ले ?

garima-dikpal-and-shambhu
आजबाट प्रदर्शनमा आएको चलचित्र ‘रंंग बैजनी’लाई यसका कलाकार तथा रंग पत्रकारले हेरेका छन् । यसको निर्माणपक्षले आज काठमाण्डौको बीग सिनेमामा यसको विशेष शोको आयोजना गरेको छ ।

चलचित्र हेर्न यसका निर्देशक शम्भु प्रधान, निर्माता तथा लेखिका नुतन प्रधान, नायिका गरिमा पन्त र नव–नायक दीकपाल कार्की उपस्थिती भए । यस्तै, चलचित्रलाई रंग पत्रकारहरुले पनि हेरेका छन् ।

चलचित्र हेरेपछि यसकी नायिका गरिमा पन्त उत्साहित देखिइन् । नव–नायक दीकपाल कार्कीले चलचित्रबाट राम्रो  प्रतिक्रिया पाएको बताए ।
चलचित्रकी अर्की कलाकार सुमिना घिमिरे भने निर्माण यूनिटको सम्पर्क बाहिर छिन् ।

श्रीमती र प्रेमिकाको विचमा घुमेको एक पुरुषको कथामा चलचित्र बगेको छ । १२ बर्षपछि निर्देशक शम्भु प्रधानले निर्देशन गरेको यो चलचित्र पुरानै कथामा घुमेको छ । चलचित्रको प्रस्तुती लामो भएको तर्क रंग पत्रकारहरुले दिएका छन् । नायिका गरिमा पन्तको अभिनय अन्य कलाकारको तुलानामा राम्रो रहेको प्रतिक्रिया धेरैको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment