Comments Add Comment

भिडियो सन्देशबाट पेलेले फ्यानलाई दिए धन्यवाद

Pele

२० मंसिर, काठमाडौं । अस्पतालमा रहेका फुटबल लेजेन्ड पेलेले एक भिडियो सन्देश रेकर्ड गराएका छन्, जसमा उनले उपचारका क्रममा आफूलाई समर्थन गर्ने फ्यानहरुलाई धन्यवाद दिएका छन् ।

भिडियो सन्देशमा उनले भनेका छन्–‘यो अबसरमा म सबैलाई धन्यवाद दिन चाहन्छु । जसले विश्वभरबाट मेरो स्वास्थ्यबारे चिन्ता लिनुभयो ।’

उनले अघि भनेका छन्–धन्य भगवान । म ठिक छु । म स्वस्थ भएँ र अहिले परिवारसँग छु ।’

तीन पटकका विश्वकप विजेता ७४ वर्षीय पेले नोभेम्बर २४ मा साओ पाओलोस्थित अस्पताल भर्ना भएका थिए । सुरुमा उनको स्वास्थ्य केही विग्रिएको खबर आएपनि पेलेले ट्वीट गर्दै आफू ठिक रहेको बताए ।

भिडियोमा पेले अस्पतालमै परिवारका सदस्यसँग बसेर गिटार बजाइरहेको देखिन्छ ।

‘मलाई थाहा छ । सबै मेरो स्वास्थ्यबारे चिन्तित हुनुहुन्छ । तर म ठिक छु’ उनले भनेका छन्–‘मेरो स्वास्थ्यका लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद छ ।’

नोभेम्बर १३ मा सर्जरी गरेर पेलेको किड्नीको स्टोन हटाइएको थियो । तर, अस्पतालबाट घर फर्किएलगतै मुत्रनलीमा संक्रमण भएपछि फेरि अस्पताल भर्ना भए ।

चिकित्सकले शुक्रबार जारी गरेको वक्तव्यमा पेलेको स्वास्थ्य राम्रो रहेको र इन्फेक्सनको कुनै संकेत नदेखिएको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment