Comments Add Comment

प्रश्नपत्र आउट भएपछि एमबीबीएस छात्रवृत्तिको परीक्षा रद्द (विज्ञप्तिसहित)

liver pool२० मंसिर, काठमाडौं । एमबीबीएस छात्रवृत्तिका लागि शनिबार लिइएको परीक्षा रद्द भएको छ । परीक्षा सुरु हुनुअघि नै गोल्डेनगेट कलेजबाट प्रश्नपत्र आउट भएको थियो ।

विद्यार्थीसँगै १० लाखसम्म लिएर प्रश्नपत्र आउट गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोल्डेनगेटका निर्देशकसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रश्नपत्र आउट भएपछि शिक्षा मन्त्रालयले साँझ विज्ञप्ति निकालेर परीक्षा रद्द गरिएको जनाएको छ ।

अर्को परीक्षा २७ गते शनिबार १ बजेका लागि तोकिएको छ ।

साथै मन्त्रालयले प्रश्नपत्र सार्वजनिक गर्नेहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाइएको छ । प्रश्नपत्र आउट गर्न खोज्नेहरुको कुनै सूचना भए जानकारी गराउन समेत आग्रह गरेको छ ।

परीक्षा केन्द्र भने पछि तोकिने सहसचिव हरिप्रसाद लम्सालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Mbbs-exam-6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment