Comments Add Comment

माओवादी मोर्चामा परिवार दल सहभागी नहुने

२१ मंसिर, काठमाडौं । संविधानसभामा रहेका विपक्षी दलहरुले एमाओवादी नेतृत्वको बनाएको मोर्चामा नेपाल परिवार दल सहभागी नहुने भएको छ ।

परिवार दलका अध्यक्ष एकनाथ ढकालले आइतबार एमाओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई फोन गरी मोर्चामा नआउने बताएका हुन् । सहमतिमै संविधान सम्भव भएको भन्दै ढकालले राजनीतिक ध्रुविकरण आवश्यक नभएको समेत बताएका छन् ।

सत्तारुढ कांग्रेस र एमालेसहितका दलले संविधानका विवादित विषयमा साझा धारणा बनाएपछि माओवादीले अन्य दलहरुको मोर्चाबन्दी गरेको छ । मोर्चाले पनि संविधानका विवादित विषयमा साझा धारणा बनाउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment