भारतका चर्चित कलाकार दीलिप कुमारलाई अस्पतालमा भर्ना गरिएको छ । फोक्सोमा संक्रमण देखिएपछि उनलाई मुम्बइको लिलावती अस्पतालमा भर्ना गरिएको हो । डाक्टरका अनुसार उनलाई निमोनियाको उपचारका लागि अस्पतालमा राखिएको हो ।
उनलाई ज्वरो पनि आइरहेको बताइन्छ । लामो समयदेखि उपचार गराइरहेका दीलिप कुमारलाई अहिले डाक्टरले एन्टिबायोटिक औषधी दिएका छन् ।
९२ बर्षका यी कलाकारलाई अहिले प्राइभेट कक्षमा राखिएको छ । उनको अवस्था गम्भिर नरहेको डाक्टरको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4