Comments Add Comment

छट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु

२१ मंसिर, काठमाडौं । बिभिन्न जिल्लामा भएका छुट्टा छुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ ।

मोरङको रङ्गेली नगरपालिका-५ मा को १ ख २२८० नम्बरको ट्रक र को १५ प ६६९५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा स्थानीय ज्ञानेन्द्र मण्डलको घटनास्थलमै मृत्यु भएको छ । घटनामा रङ्गेली नगरपालिका- ३ बस्ने दिलीप मण्डल घाइते भएका छन् । गम्भीर घाइते मण्डलको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।
रुखबाट लडेर बृद्धको मृत्यु
उदयपुरमा रूखबाट लडेर सिद्धिपुर-८ बस्ने ७६ वर्षीय रणबहादुर रानामगरको मृत्यु भएको छ । शुक्रबार घाँस काट्न घरबाट हिँडेका उनी शनिबारसम्म घर नफर्केपछि खोजतलास गर्दै जाँदा आइतबार बिहान रूखमुनि मृतावस्थामा फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

इनारमा डुबेर युवकको मृत्यु

यसैगरी महोत्तरीको बिजलपुरा गाविसमा इनारमा डुबेर आइतबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिजलपुरा गाविस ९ बस्ने विशेश्वर महतोका २० वर्षीय छोरा रामशरण महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घर नजिकै रहेको इनारमा पानी भर्न गएका महतो बिहान ९ बजे इनारमा खसेका थिए ।

महिला मृत फेला

यस्तै सर्लाहीको मलङ्गवा नगरपालिका-४ शिवसागर चोकस्थित धर्मशालामा सुतेको अवस्थामा करिब ५० वर्षीया एक महिला आइतबार मृत फेला परेकी छन् । करिब दुई वर्षदेखि मलङ्गवा क्षेत्रमा मागेर गुजारा गर्दै आएकी ती महिलाको चिसोले कठयाङ्गि्रएर मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment