Comments Add Comment

आईएचएफ ट्रफी हृयान्डबलमा नेपाल फेरि तेश्रो

२१ मंसिर, काठमाडौं । पाकिस्तानको फैसलाबादमा सम्पन्न आईएचएफ ट्रफी हृयान्डबल प्रतियोगितामा नेपाली महिला टिम आइतबार तेस्रो भएको छ ।

दोश्रो संस्करणकै उपलब्धी हासिल गर्ने क्रममा नेपालले यमनलाई २५-१३ गोलले पराजित गर्‍यो । नेपालका लागि निशा राई र कविता राईले ८-८, टीका पुनले ५, जिना राईले ३ र सुस्मिता गुरुङ्गले १ गोल गरे ।

गत संस्करणमा पनि नेपाली महिला टोली तेश्रो भएको थियो । दोश्रो संस्करणदेखि महिलाको स्पर्धा थपिएको हो ।

नेपाली पुरुष टिमले भने पाँचौ स्थानमा चित्त बुझायो । नेपालले अन्तिम खेलमा मालदिभ्सलाई २२-१५ ले हरायो ।

अन्तराष्ट्रिय हृयान्डबल महासंघले आयोजना गर्ने आईएचएफ ट्रफी मध्य क्षेत्रीय दक्षिण एसियाली मुलुकहरुबीच प्रत्येक दुई वर्षमा हुने गर्दछ । यसमा दक्षिण एसियाका ८ राष्ट्र र यमन गरी ९ राष्ट्र छन् । पुरुषमा ७ र महिलामा ६ टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment