Comments Add Comment

केही सम्वाद काटेर तितो सत्यको ‘मोदी एपिसोड’ प्रसारण हुने

shivahari-bairagi

नेपाल टेलिभिजनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचर गरिएको केही सम्वाद काटेर टेलिसिरियल ‘तितो सत्य’ प्रसारण गर्ने भएको छ ।

नेपाल टेलिभिजनका महाप्रवन्धक, कार्यक्रम निर्देशकसहितको टीमले कार्यक्रम हेरेर यो निर्णय सुनाएका हुन् । ‘उहाँहरुले केही सम्वाद काटेर उक्त एपिसोड प्रसारण गर्ने जानकारी गराउनु भएको छ’ निर्माता दीपकराज गिरीले अनलाइनखबरसँग भने ।

उनले नक्कली मोदीका केही सम्बादको आवाज बन्द गरी दृष्य प्रसारण गर्न आफुले पनि सहमति जनाएको बताए ।  कार्यक्रम नै रोकिएकोमा मात्र मेरो आपत्ति हो’ उनले भने ।

भारतीय प्रधानमन्त्रीको क्यारिकेचर गरेकोमा आपत्ति जनाउँदै नेपाल टेलिभिजनले गत बिहीबार तितो सत्य प्रसारणमा रोक लगाएको थियो ।

निर्माता दीपकराज गिरीका अनुसार बिहीबारबाट तितो सत्य प्रसारण नियमित हुनेछ ।

को हुन् मोदी बन्ने पात्र ?

jitu-and-shivahari

‘तितो सत्य’मा मोदी बन्ने पात्र कलाकार शिवहरी वैरागी ‘समानुपातिक’ हुन् । अर्को हाँस्य सिरियल ‘जीरे खुर्सानी’मा समानुपातिक सभासद भएर अभिनय गरिरहेका वैरागीले मोदीलाई ब्यङ्ग्य गरिएका कुनै पनि बिषय ‘तितो सत्य’मा समावेश नभएको भन्दै रोकिनुको कारण नभएको बताए ।

‘गाउँमा कमिशनका कारण सडक नबनेपछि मोदी आउने हल्ला चलाएर विकास सुरु गरिन्छ । ३ दलका नेताहरुले बाटो बनाउन नदिएपछि दीपकले मोदी आउँदैछन्, १ करोड दिन्छन् भन्दै सडक खन्ने कुरा गर्छन् । १ करोड पाउने आशमा दलका नेता पनि सडक खन्न तयार हुन्छन् ।’ सोही क्रममा नक्कली मोदीलाई गाउँमा लैजाने दृश्य ‘तितो सत्य’मा खिचिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment